साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इच्छा

“प्लेन ठोक्किएरै चैं किन मर्नु पर्‍यो नि ?” - कालले पनि आश्चर्य मान्दै प्रश्न गर्‍यो । “म मरे पनि हवाई बीमाको पैसाले परिवारलाई राहत त पुग्छ ।” -उसको उत्तर थियो ।

Nepal Telecom ad

हवाई यात्राको आधाउधि जति समय व्यतीत भएपछि उसँगैको सिटमा बसेको यात्रीले अचानक मुख खोल्यो- “अब तेरो आयु केही समयसम्मको मात्र छ; भन् कसरी मर्न चाहन्छस् तँ ।”

तपाईंको हाइ हेलोको उत्तर पनि नदिइ गजधुम्म बसिरहेको मानिसको मुखबाट अचानक मृत्युको भबिस्यबाणी सुन्दा तपाईं हाम्रो मुटुको हाल कस्तो होला ?

हो त्यस्तै भयो उसको पनि । एक पटक त ।
तर पनि उसले आफूले आफैंलाई सम्हाल्यो र मनमनै सोच्तै थियो “कस्तो हावा खुस्केको मान्छे, को होला ?”- भनेर त्यसैबेला अर्को यात्रीले आफ्नो रुप परिवर्तन गरेर कालको स्वरुपमा परिवर्तित हुँदै भन्यो- “छिटो जवाफ दे ।”

कालसँगै भएको निश्चित हुनासाथ; प्राणीको मुटुको धड्कन बन्द हुनु ३० सेकेन्ड अघिदेखि सक्रिय भएर धड्कन बन्द भएको ३० सेकेन्ड पछिसम्म सक्रिय हुने ब्रेनवेभ अर्थात गामा वेभ तुरुन्तै सक्रिय भएछ क्यारे उसले भोगेको जिन्दगीका सबै दृश्य एक एक गरेर चलचित्र झैं आउँन थाले मानसपटलमा ।

केही दिन अघि बिजुली र घरभाडा बढेको सूचना दिने घरबेटी आएर ढोकामा ठिङ्ग उभिएको थियो ढोकामा र अभावै अभावले थङ्थिलो भएकी घरबेटीलाई देखेर श्रीमती अँध्यारो मुख लगाउँदै यताउता गर्दै थिइन् ।

बुबा बितेपछि जे होस् तैं होस् भन्ने भावमा कहिले छोरो लिन आउला भनेर टिठलाग्दो अनुहारले उसलाई पर्खिरहेकी आमा,
बाउ मरेपछि छाउन नसकेर ढल्न लागेको र आमालाई एक्लै छोडेको गाउँको छाप्रो घर,
एडमिसन गरेपछिदेखि परीक्षा रुटिन निस्कँदा सम्मको बाँकी रहेको स्कुल फिसको बिल हातम बोकेर आमालाई देखाउन पर्खिइ रहेकी छोरी,
महिनावारी रासनको बिल बोकेको पसले,
बाबुको क्रिया गर्दा लागेका ऋणको ३६ प्रतिशत ब्याज जोडेर साउँ ब्याज असुल गर्न पर्खिरहेको साहु,
कथित जनक्रान्तिले सर्वश्व गुमाउन पुगेपछि पनि सुराकीको आरोप लगाएर बेपत्ता बनाइएको भाइ, र देशलाई दाइँ गरिरहेको नेता,
आतंककारीलाई पानी ख्वाएको आरोपमा सरकारी सेनाले बन्दुकको कुन्दाले आमाको पेटमा हान्दा गर्भमै तुहेको छोरो,
भाइ क्रान्तिमा लागेको झुटो कुराको पोल सरकारलाई लगाउने छुसी छिमेकी,
आफ्नै अन्धकार भविस्य आदि आदि आउँदै जाँदै गर्दै थिए आँखा भरिभरी ।

त्यसैबेला कालले फेरि हपार्‍यो-सुनिनस् ?
कालको चेतावनीले झसङ्ग भएको उसले कालको मुखमा हेर्‍यो र मुसुक्क हाँस्दै भन्यो- “अहिले नै मर्नुपर्छ भनें चैं प्लेन पहाडमा ठोक्किएर मर्न चाहन्छु ।”

“प्लेन ठोक्किएरै चैं किन मर्नु पर्‍यो नि ?” – कालले पनि आश्चर्य मान्दै प्रश्न गर्‍यो ।
“म मरे पनि हवाई बीमाको पैसाले परिवारलाई राहत त पुग्छ ।” -उसको उत्तर थियो ।

गौरादह-७, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
धन्यवाद हुजुर

धन्यवाद हुजुर

रामकृष्ण ढकाल
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x