साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एटु बसंप्रलोनि जावादी पार्टी

समर्थन र विवादमा लामो समय गुजारेकाहरूलाई पार्टीकै विषयमा पढाउनु भनेको इन्द्रका अगाडि स्वर्गको बखान गर्नु जस्तै हो । त्यसैले पार्टीको थप व्याख्या विवेचनातिर अहिले नलागौँ ।

Nepal Telecom ad

मुलुकमा कहिले फक्रने कहिले ओइलाउने, कहिले उदाउँदो सूर्यझैँ चम्किने कहिले अस्ताउँदो सूयैझैं मलिन हुने, कहिले नुन खाएको कुखुराझैं हुने कहिले नुन मसला हालेको कुखुराभैझैं हुने, कहिले दलीय जस्तो देखिने कहिले निर्दलीय जस्तो प्रतीत हुने, कहिले बहुप्रजामा बिस्तारित भए जस्तो भान हुने कहिले एकैप्रजामा केन्द्रिकृत भएजस्तो देखिने राजनीतिक दल र तिनका रचनाकारहरूको चालामाला देखेर म जस्तो केही लछारपाटो लाउन नसक्ने सोझो मान्छेलाई पनि एकदिन कताकता भित्रभित्रै लाटो रिस उठेर आयो । अहिलेका दिनमा पनि लाटो रिस उठ्यो भनेर लाटाहरूलाई होच्याउने शब्दावली प्रयोग गरेकोमा तपाईं मलाई चोर औँलो ठड्याउनु होला । तँलाई कसरी यस्तो भत्रे आँट आयो पनि भत्रु होला । तर सुत्रुस् यस्ता मामिलामा मलाई पटक्कै डर छैन । म निकै आँटिलो र सचेत छु यस्ता कुरामा । मलाई थाहा छ, हेप्ने होच्याउने भनेकै नबोल्नेलाई हो । नसक्नेलाई हो । ठाड्ठाडै जवाफ लाउन नसक्नेलाई हो । बोल्न सक्नेलाई बाह्र हातको टाँगाले पनि कसैले छुन सक्तैन, त्यो भन्दा छोटाका त के कुरा ? बोल्न सक्नेलाई भत्र सक्ने क्षमता भइदिएको भए लुसुक्क एउटा कोठामा बसेर चाहिँदा नचाँहिदा यस्ता कुरा खुसुक्क किन फलाकिरन्थेँ म ? बोल्न नसक्नेलाई भेट्टाएरै निर्धक्क बोलेको न हुँ, होइन भने चुप लाग्ने विधामा सोह्रै आना मेरै नाम लेखिएको हुन्थ्यो गिनिज बुक अफ वल्र्ड रिकर्डस्मा ।

लाटो रिस उठेर के लछारिस् त ? भत्रे तपाईंको अर्को झटारो आइलाग्न सक्छ ममाथि । त्यो मैले पहिल्यै अनुमान लगाइसकेको कुरो हो । आफ्ना कुरा खोल्नका लागि पनि म तपाईंको त्यो प्रश्नको पर्खाइमा थिएँ । किनकि, खाँटी कुरोको चुरो नै त्यसैमाथि छ । त्यसैत्यसै ख्यालख्यालमा उधारो जङ चलेको हैन मलाई । सोह्र वर्षे पठ्ठीलाई हावा चल्दा पनि काउकुती लागेभैझैं मलाई पनि कता-कता भित्रभित्रै नेता बत्रे रहरले कुत्कुत्याउन थालेको छ । भैरवलाई मदिराको माद र महादेवलाई धतुरोको धङ्धङी चढेझैं मलाई पनि अलिअलि गर्दै ताल न तुलको राजनीतिको रङ चढ्न थालेको छ । यत्तिको लथालिङ्ग र भताभुङ्ग त म पनि गर्न सक्छु भत्रे आँट बढ्न थालेको छ । त्यसैले त नढिलिईकन एउटा सदाबहार राजनीतिक पार्टी खोल्ने उन्मादमा रातदिन उमेठिन थालेको छु म अहिले ।

मान्छेले स्याल भनून् वा अरू जेसुकै भनून् मलाई त्यसको कुनै परवाह रहेन । निणर्य आफ्नू हो अर्काको होइन । नलिनु निर्णय लिइसकेपछि सिंहका झैं पछाडि फर्केर हेर्ने बानी पटक्कै छैन मेरो । जे गरेँ ठीक गरेँ आदर्श हो मेरो । त्यसमाथि घर परिवारको पलपलको चिमोटाइ पनि उत्तिकै बोध गरिरहेथेँ म । अनि सोचेँ- नयाँ राजनीतिक पार्टी खोल्ने हो भने पलपलको पारिवारिक कचकचले कचल्टिएको मेरो दिमागले पनि केही समय अवश्य फुर्सद पाउनेछ ।

हुन पनि लोकतन्त्र प्राप्तिपछि मप्रति घर परिवारको भनाइ सधैँ एउटै हुने गरेकोछ- मुलुकमा यत्रो राजनीतिक द्यौसी भैलो चल्दा पनि कहीँ कतै एउटा मालपुवा पनि अहिलेसम्म टोक्न पाइएको हैन । कागलाई वेल पाक्यो हर्ष न बिस्मात भनेभैझैं संसारभर प्रशंसा पा’को यत्रो लोकतन्त्र आएर पनि हामीलाई के नै भा’छ र ? किलामा बाँधिएको गोरु र हाम्रो हबिगतमा के नै फरक पर्‍या छ र ? फरक यत्ति छ ऊ सुकेको पराल खान्छ, हामी त्यही परालमा लागेको फल खान्छौँ । ऊ नुवागीमा सम्झिइन्छ, हामी निर्वाचनमा । होइन भने अरू बेला त्यही गोरुझैं न पद छ, न कुनै प्रतिष्ठा छ हाम्रो । न बस्ने कुर्सी छ, न उचाल्ने कोदालो । उदेक छ बा ! पद, प्रतिष्ठा र कुर्सीबिनाको पनि कहीँ लोकतन्त्र हुन्छ ? संसारमा कहीँ नभा’को कुरो ।

वैशाख-जेठको चर्को घाम जस्तो घर परिवारको सधैँको घुर्की र पद, प्रतिष्ठा र कुर्सीको अनिकालले छट्पटिएको म । यी दुवैको उपचार हुने एउटै उपाय थियो नयाँ राजनीतिक पार्टीको जन्म । इच्छा अनुसार पार्टी जन्मियो । भाग्य लेख्ने भावी पनि कताकताबाट छैटीकै दिन टुप्लुक्क आइपुगे । उनलाई लागेको थियो होला मैले लेखेका कुरा कसैले देख्दैन । हुनेहुनामी सबैका कुरा मैले लेखेको मात्र हुन्छ । प्रविधि कहाँबाट कहाँ पुगिसक्यो भत्रे उनलाई ख्यालै छैन । अमेरिकामा लेखेको अक्षर छिनभरमा नेपाल आइपुग्छ । त्यो कति आज्ञाकारी छ भने चीन जा भने चीन जान्छ, बेलायत जा भने बेलायत जान्छ । न भारत जा भन्दा ऊ नाइनास्ति गर्छ, न फ्रान्स जा भन्दा फुरूङ्गिन्छ । ऊ आज्ञाकारी बनेर जसले जता जा भन्छ उतै लुरूकिन्छ ।

दियोका उज्यालोमा भाग्य लेख्न बानी परेका भावीजीलाई प्रविधिको यतिविधिको चमत्कार के थाहा ? उनी दियोका उज्यालोमा मेरो पार्टीको भाग्य लेख्न थाले, म विजुलीका उज्यालोमा तिनलाई नियाल्न थालेँ । नियाल्दानियाल्दै म त्यतिखेर ताजुब बनेँ जतिखेर उनका भाषामा म अनभिज्ञ बनेँ । उनले केके लेखे लेखे ! म चकित परेँ । न देवनागरी न अङ्गे्रजी । न अरबी न फ्रेन्च । न चाइनिज न जापानिज । न साङ्केतिक न अरू कुनै । मैले कुनै भेउ पाउनै सकिन उनका भाषाको । अनि मलाई लाग्यो खाँटी आदिवासी भनेका चाहिँ यिनै र’छन् । अरूले त खाली आफ्ना स्वार्थका लागि मात्र आपूmलाई आदिवासी भनेर कुर्लेका र’छन् । जनताका आँखामा छारो हाल्न तम्सेका र’छन् ।

यस किसिमको बोधपछि मलाई एउटा कुराको चाहिँ पक्कापक्की ज्ञान भो । पार्टीको भाग्य यिनले लेखे पनि नाम राख्ने काम त मेरै हो नि । म पनि यिनका अक्षर जस्तै जहाँ जसले जसरी व्याख्या गरे पनि हुने नाम राख्छु मेरो प्यारो नवजात पार्टीको । कसैले कहीँ केही भेउ नपाउने यस्तो नामकै कारण पनि मलाई पार्टी सङ्गठनमा काइदाको फाइदा पुग्न सक्छ । कसैले मप्रति औँलो ठड्याउनै नसक्ने हुन सक्छ । अनि त्यतिखेर म पनि हेरूँला अरू नानीका ताइँफाइँ ।

निणर्य त गरेँ तर नाम राख्ने के ? एकछिन घोरिएँ । सोच्दै जाँदा नाम पनि काइदाको फुर्‍यो । गर्दागर्दै आइपुग्यो न्वारनको दिन । पहिला जे नाम जुराएको थिएँ त्यही नाम राख्ने अठोट गरेँ र नाम राखेँ- ‘एटु बसंप्रलोनि जावादी पार्टी ।’ ल जा आफ्नो नामप्रति आफैंलाई गर्व लाग्यो । अब कसले सक्छ मेरा पार्टीका अगाडि राजनीति गर्न ? म छँदाछँदै मेरै अगाडि जनतालाई झुक्क्याउन ? काइदाको साइत रै’छ आज, राम्रो नाम जुर्‍यो । म खुशीले त्यसैत्यसै गद्गद भएँ । एकचोटि जमिनको धुलो बुङ्बुङ उडाएर एक्लै नाचेँ पनि । देशको माटो सुहाउँदो भयो कि भएन भनेर जाँचेँ पनि । सबैतिरबाट ठिक्क सुहाउँदो लाग्यो मेरो नयाँ पार्टीको नाउँ ।

तपाईंलाई लाग्ला यसले पार्टीको नाउँ पनि के अर्थ न बर्थको राखेको । जनतामा जाने पार्टी भएपछि जनताले पनि सजिलोसँग बुझ्ने नाम राख्नु पर्छ नि ।

तपाईंका कुरालाई म अन्यथा ठान्दिन । तपाईंका ठाउँमा तपाईंको कुरा पनि ठिकै होलान् तर राजनीतिमा अनेक हत्कण्डा अपनाउनु पर्छ भत्रे कुरा चाहिँ तपाईं जस्ता बबुरालाई के थाहा ? जसले जे भन्यो उसैका पछि लागेर हा’हा गर्ने तर हत्कण्डा अपनाउन नजात्रे । यसै भ’र नै तपाईं जनता हुनु भा’को । ठूलो भएर पनि सधैँ थिचोमिचोमा पर्नु भा’को । नत्र जनताको ‘ज’ लाई एकलखमा बदलेर निहुरमुन्टी ‘न’ मा पहिराइदिनु भा’भे तपाईं पनि उहिल्यै नेता भइसक्नुहुन्थ्यो ।

तपाईंले नबुझेर मात्र हो, होइन भने मेरो राजनीतिक पार्टीको नामको ठूलो अर्थ छ । ठूलो मात्र होइन, त्यत्तिकै गहन पनि छ यसको अर्थ । मैले नबुझेर वा नजानेर त्यसै अन्धकारमा राखेको नाम होइन यो । बुझेरै राखेको हो । सुझबुझका साथ जुराएको हो । हावापानी, माटो र परिवेशसँग मिलाएको हो । विगत र वर्तमानको अनुभवले खारिएको नाम हो यो । यसमा शङ्का गर्नु/गराउनु तपाईंको स्वास्थ्यका लागि हानिकारक छ ।

यसले अझै कुरो खोतलेन भत्रे लाग्न सक्छ तपाईंलाई । लुकाउनु पर्ने कुरो केही छैन । जनतामा जाने पार्टीले जनतालाई लुकाउनु पर्ने कुरा के नै हुन्छ र ? तर सत्य कुरो चाहिँ के हो भने भरखरै जन्मेको नवजात पार्टीलाई जनतासम्म जान पनि त खुट्टा अलिअलि दरिनै पर्छ नि होेइन र ? लोकतन्त्र नै शिशु अवस्थामा छ भने लोकतन्त्रपछि जन्मेका पार्टीलाई वयस्क अपेक्षा गर्नु अलिक हतार हुन्छ ? यस्ता कुरामा तपाईं आफैँ विचार गर्न सक्नुहुन्छ ।

आज भने पनि भोलि भने पनि मैले आफ्ना पार्टीका विषयमा तपाईंलाई भत्रै पर्छ । नत्र पार्टी खोल्नुको औचित्य पनि के नै रहन्छ र ? यसलाई मैले राम्रोसँग मनन गरेको छु । जसरी घर बनाउँदा जग बलियो बनाउनु पर्छ त्यसरी नै पार्टी बलियो बनाउन परिवार बलियो बनाउनु पर्छ भत्रे मेरो दृढ धारणा छ । त्यसै धारणाअनुरूप अहिलेका लागि मैले मेरो पार्टीलाई मेरै परिवारमा सीमित राखेको छु । यसो गर्दा एकातिर पद, प्रतिष्ठा र कुर्सीको पारिवारिक कचकच समाप्तिएर म पनि देश सेवामा अग्रसर हुन पाउँछु भने अर्कातिर पार्टी टुक्रिने सम्भावना कम र टुक्रिँदा पनि एकीकृत गर्न सजिलो हुने मेरो आफ्नै दर्शन छ । त्यसैले यो आन्तरिक विषयमा बढी बहस नगरूँ । जहाँसम्म पार्टीको नामको प्रसङ्ग छ, यसको आफ्नै किसिमको विशिष्ट सन्दर्भ छ । यसले सबैलाई समेट्ने विश्वास छ ।

मेरो राजनीतिक जीवनको लामो अनुभवले के सिकाएको छ भने पार्टी टुक्रिने र एकीकृत हुने कुरा ख्यालख्याल हो । यी ख्यालख्यालमै टुक्रिन्छन् र ख्यालख्यालमै जोडिन्छन् । मान्छेहरू कुकुरको बाउ र तासको दाउ कसैले जान्दैन भन्छन्, त्यसै गरी राजनीतिक पार्टीका टुक्रिने र जोडिने चाल पनि कसैले थाहा पाउत्रन् । न टुक्रिनेलाई थाहा हुन्छ, न एकीकृत हुनेलाई । न नजिकिनेलाई थाहा हुन्छ न टाढिनेलाई । मदारीले बाँदर नचाएझैं यिनलाई कसले नचाउँछ, कसले बसाउँछ पत्तै हुत्र । त्यसैले टुक्रिँदा’नि काम लाग्ने, एकीकृत हुँदा’नि काम लाग्ने गरी मैले मेरो पार्टीको नामका अगाडि एटु राखिदिएँ । ‘ए’ ले एकीकृतको काम गर्ने, ‘टु’ ले टुक्रीकृतको काम गर्ने । अहा ! क्या मज्जाको अर्थ । सदाबहार लाग्यो मलाई यो रोजाइ ।

अब प्रश्न रह्यो त्यसपछिको अक्षर ‘बसंप्रलोनि’ को । यसको अर्थ पनि व्यापक छ । यसको विस्तारित अर्थ हुन्छ- बहुदलीय संघीय प्रजातान्त्रिक लोकतान्त्रिक निर्दलीय ।’ हेर्नुस् त यो नामले कतिलाई समेटेको छ ? बहुदलीय र निर्दलीय दुवै स्वरूपलाई यसले एकसाथ समेटेको छ । सङ्घीयतालाई यसले बिचमा काखी च्यापेको छ । चाहिँदा बाहिर छाडिदिए हुन्छ, नचाहिँदा भित्र च्यापेकोच्याप्यै गर्न मिल्छ । न यसले हिजोको प्रजातन्त्रमा पुलपुलिनेलाई बिर्सेको छ, न आजको लोकतन्त्रमा लठ्ठिनेलाई छाडेको छ ? हेर्नुस् कति समावेशी नाउँ । जसकोमा पुग्यो उसैलाई फुरूङ्ग पार्न सक्ने शक्तिशाली नाउँ । नेपालीका गुरुहरूको भाषामा शब्द शक्ति भनेकै यही हो ।

यतिले नपुगेर राजावादी कहाँ पुगे राजावादी र प्रजावादी कहाँ पुगे प्रजावादी भत्र मिल्ने पार्टीको नाममा राखिएको तेस्रो शब्द ‘जावादी’ पनि त्यत्तिकै परिपक्व छ । त्यत्तिकै सान्दर्भिक र परिवेश सुहाउँदो छ । राजावादी कहाँ पुग्दा हेर्नुस् न पार्टी दर्ताक्रममा ‘रा’ छुट्यो भनिदियो, प्रजावादी कहाँ पुग्दा ‘प्र’ छुट्यो भनिदियो क्या सजिलो । अझ प्रसङ्ग त्यस्तै पर्‍यो भने ‘ज’ पछिको आकारमा ‘न’ टाइप हुनुपर्नेमा आकार भएछ भनिदिए राजावादी र प्रजावादी मात्र होइन जनवादीलाई पनि समेट्न सकिने । उस्तै परे खावादी र जावादी सबैलाई एकसाथ समेट्न सकिने । त्यति मात्र कहाँ हो र ! कतिपय सन्दर्भमा ‘जा’ भन्दा खत्तमको पनि अर्थ झल्कने र बालबोलीमा यही ‘जा’ हरायो भत्रे अर्थमा पनि प्रयोग हुने भएकाले यसलाई सन्दर्भअनुसार थप व्याख्या विश्लेषण गर्न पनि अप्ठ्यारो पर्दैन भत्रे मेरो अर्को ठोकुवा रह्यो । यी सबै व्याख्या विश्लेषण सुनिसकेपछि बरू ‘ब’ को अर्थ बहुदलीय मात्र नभएर बहुउद्देश्यीय गरिदिए के होला भत्रे तपाईंको थप जिज्ञासा आउन सक्छ । यसमा पनि परिस्थिति अनुसार तपाईंसँग राय बझाउनु पर्ने अवस्था म देख्दिन ।

अन्तिम शब्द पार्टीको त व्याख्या विवेचना पक्कै चाहित्र होला । मलाई विश्वास छ तपाईंहरू जस्तो पार्टीकै भूगोलमा बसेर पार्टीकै इतिहास लेखेर पार्टीकै समर्थन र विवादमा लामो समय गुजारेकाहरूलाई पार्टीकै विषयमा पढाउनु भनेको इन्द्रका अगाडि स्वर्गको बखान गर्नु जस्तै हो । त्यसैले पार्टीको थप व्याख्या विवेचनातिर अहिले नलागौँ ।

बरू भत्रुस्- मेरो नवगठित ‘एटु बसंप्रलोनि जावादी पार्टी’ मा सक्रिय भएर लाग्ने कोही हुनुहुन्छ ? हुनुहुन्छ भने हात उठाउनुस् । कोही छ त्यस्तो हिक्मत भा’को ?

युवामञ्च, २०७२ मङ्सिर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x