साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गिने रोग

नाङ्गिनु कुनै अनौठो कुरा नभएकाले नाङ्गिनेहरूको अनौठो प्रतिस्पर्धा छ यहाँ । तर नाङ्गिनुको पनि एउटा सीमा हुन्छ ! हेर्नुस् त आजको राजनीतिक बजारमा पूँजीपतिहरू एकातिर कङ्गालिएर नाङ्गिदैछन् ।

Nepal Telecom ad

मान्छेलाई नलाग्ने रोग केही छैन । कसलाई कतिखेर के रोग लाग्छ कसैले केही भन्न सत्तैmन । बेला बखत अनौठा अनौठा रोगले ग्रसित बनिरहन्छ मान्छे । साँझ एउटा रोगमा छट्पटाइरहेको मान्छे बिहान अर्को रोगले गनगनाइरहेको हुन्छ । दिनमा एउटा र रातमा अर्को रोगले छट्पटाइरहेको हुन्छ । महिलालाई एउटा रोगले सताइरहेको हुन्छ, पुरूषलाई अर्कोले । केटाकेटीलाई एक खालको रोग हुन्छ, बूढाबूढीलाई अर्को खालको । शिक्षकलाई एउटा रोग हुन्छ त विद्यार्थीलाई अर्को । नेतालाई एक थरी रोगले सताइरहेको हुन्छ, जनतालाई अर्को थरी । यसरी हेर्दा न रोजगार र बेरोजगारको रोग मिल्छ, न त गृहस्थी र सन्यासीको । न नेता र जनताको रोग मिल्छ, न त हाकिम र कारिन्दाको । न कुल्ली र सिल्लीको रोगमा एकात्मकता हुन्छ, न त दुल्लु र दिल्लीको रोगमा नै । यसरी हेर्दा मान्छेपिच्छे रोग फरकफरक हुन्छ र ठाउँपिच्छे पनि त्यस्तै । मान्छेहरू पेसापिच्छे मात्र नभएर आआफ्ना मान, मर्यादा पद र अवस्थापिच्छे पनि फरकफरक रोगबाट गुज्रिरहेका हुन्छन् ।

धेरै टाढाको कुरा किन गर्नु ? नजिकैका कुरा गरूँ । धेरै अपरिचित कुरा किन गर्नु ? परिचित कुरा गरूँ । नगर्नु पर्ने कुरा गर्न थालेपछि चानचुने मान्छेका कुरा पनि किन गर्नु ? ठूलाबडाकै कुरा गरूँ । ठूलाबडा भन्ने बित्तिकै तपाईँ संविधानमा लेखेका भाषा सम्झेर आपूmलाई कत्ति न ठूलो ठान्दै जनता भनेको मैँ हूँ, मेरै कुरा गर्न आँट्यो भनी दङ्ग पर्नु होला । त्यसो होइन, त्यो त जनतालाई उल्लु बनाउन तपाईं जस्ता जसले जे भने पनि पत्याइदिने प्राणीलाई क्षणिक रूपमा ठूलो बनाइदिन लेखिएको राजनीतिक भाषा मात्र हो । मान्छे सुन्निएर मोटाउनुभन्दा कुनै पनि अर्थमा फरक छैन सर्वसाधारण जनताका लागि संविधानको यो भाषा । जुन देख्नामा सुन्दर हुन्छ, छाम्दा र छुनामा होइन । हेर्दामा आकर्षक हुन्छ, वास्तविक भोगाइमा होइन ।

बोली खानेका अगाडि गोली खानेका कुरा कसैले नसुनेझैं तपाईं जस्ता संवैधानिक ठूलालाई संविधानका शब्दमै सीमित गरेर भित्रभित्रै सग्सगाउनेको यहाँ कुनै खाँचो छैन । भोलि तपाईं नै पनि त्यो हैसियतमा पुग्न सक्नु हुन्छ । गरी खाने जमाना भए त्यस्तो हैसियत पाउन ठूलै कसरत गर्नु पर्थ्याे तर भनी खाने जमानामा त्यस्तो औसर नआउला भनेर अहिल्यै भविष्यवाणी गर्नु पनि आफ्ना खुट्टामा आफैंले बञ्चरो हानेर पिलपिलाउनु जस्तै हुन सक्छ । त्यसै भएर कसैले हतारिएर यस्तो मूर्ख्याइँ नगर्नु नै बेस हुन्छ, अहिलेका लागि । पछिका कुरामा न तपाईं जिम्मा लिन सक्नु हुन्छ न म नै लिन सक्छु । कसैले पनि सक्दैन ।

ठूलो हुनु भनेको पनि कतिपय अवस्थामा नराम्रै हो । आफैंले आफैंलाई रोग निम्त्याउनु हो । हुन त रोगले कसैलाई पक्षपात गर्दैन भनिन्छ, तैपनि यसको व्यवहार र शैली फरकफरक हुन्छ । हुँदा खानेका छोराछोरी खान नपाएर रोगाउँछन्, हुने खानेका छोराछोरी बढी खाएर रोगाउँछन् । गरिबका छोराछोरी लाउन नपाएर नाङ्गिन्छन्, धनीका छोराछोरी बढी लाएर नाङ्गिन्छन् । तपाईं हाम्रा बस्तीमा यतिखेर अरू रोगले भन्दा नाङ्गिने रोगले बढी गाँजिरहेकाले बढी चर्चा त्यसैले पाउनु त्यति अप्रासङ्गिक नहोला ।

तपाईं भन्नु होला–‘बढी लाएर पनि कोही नाङ्गिन्छन् ? नचाहिँदा कुरा !’ कुरा त्यसो होइन । कहिलेकाहीँ मान्छे कपडा नलाएर मात्र होइन लाउँदालाउँदै पनि नाङ्गिन्छन् । तपाईंलाई विश्वास लाग्दैन भने सहर बजारका सडक पेटीमा एकछिन आँखा खोलेर उभिनुस् – उत्तर त्यहीँ पाउनु हुन्छ । अझ तपाईंलाई आँट र फुर्सद छ भने सहर बजारमा उपलब्ध कहलिएका रेडिमेड पसलहरूमा गएर हेर्नुस् त – तपाईं त्यहाँ छोपिने लुगाको भन्दा नाङ्गिने लुगाको कारोबार बढी देख्नु हुन्छ । अनि, बढी लाएर पनि कोही नाङ्गिन्छन् ? भन्ने तपाईँको निरर्थक प्रश्न तपाईंमै बिलिन हुन्छ र तपाईंका मनमा अर्को अन्तरद्वन्द्व सुरू हुन थाल्छ–
‘लुगा कुन प्रयोजनका लागि लाइन्छ ?’
‘लुगा लाउने कहाँदेखि कहाँसम्म कुनकुन ठाउँमा हो ?’
‘यो लाएको हो कि नलाएको हो ?’
‘यो छोपिएको हो कि नछोपिएको हो ?’
‘लुगा लाएको र नलाएको फरक कसरी छुट्ट्याउने ?’
‘लुगा लाउँदा लाज हुने कि नलाउँदा लाज हुने ?’ आदि–आदि ।

सडक दृश्यावलोकनका क्रममा यी र यस्तै अनौठा प्रश्नहरूले तपाईंसँग उत्तरको अपेक्षा गर्न थाल्छन् । तपाईं जस्ता सर्वसाधारणले यस्ता प्रश्नको सहज उत्तर पाउन पनि सक्नु हुन्न । हेराइ आआफ्नो भए पनि यो अहिलेको सामाजिक रोग नै हो । पुरानो पुस्ता र नयाँ पुस्ताबिचको मुद्दा । रोगै भए पनि समाजको अहिलेसम्मकै ठूलो विकास । नाङ्गिने क्रममा योभन्दा बढी विकास हुने ठाउँ नै छैन ।

नाङ्गिने र छोपिनेका कुरा गर्दा यसभित्र अरू पनि रोग भेटिन्छन् । कोही बढी बोलेर नाङ्गिइरहेका हुन्छन् भने कोही कम बोलेर । कोही पढेर नाङ्गिइरहेका हुन्छन् त कोही लेखेर । कोही अर्काका कुरा गरेर नाङ्गिइरहेका हुन्छन् त कोही आफ्नै कुराले । कोही भ्रष्टाचार गरेर नाङ्गिइरहेका हुन्छन् त कोही अचानामा परेर । कोही दुराचार गरेर नाङ्गिइरहेका हुन्छन् त कोही सदाचारमै पनि । कोही सरकारमा बसेर नाङ्गिइरहेका हुन्छन् त कोही सरकार बाहिर बसेर पनि कम नाङ्गिइरहेका हुँदैनन् । यो नाङ्गिने र छोपिनेको कुनै सीमा छैन । नाङ्गिदा इज्जत हुने कि छोपिँदा । त्यो पनि झ्वाट्टै भनिहाल्न मिल्दैन । समय र परिस्थिति विचार गरेर बोल्नुपर्छ, होइन भने उही सर्वत्र नाङ्गिने अवस्थाभन्दा अरू केही हात लाग्दैन ।

‘बोलेर पनि कोही नाङ्गिन्छ ?’ तपाईं फेरि पनि अर्को प्रश्नको झटारो हान्न सक्नु हुन्छ ।
यो झटारोको जवाफ हुन्छ– किन ननाङ्गिनु ? नाङ्गिन्छन् । मान्छे नाङ्गिने नै बढी बोलेर हो । बरू लुगा नै लाएन भने मान्छे नाङ्गिदैन । उसको वास्तविक रूप देखिन्छ, होइन भने … ।

यस भनाइको पुष्टिका लागि तपाईं प्रमाण खोज्नु होला । त्यस्ता प्रमाणको चिन्ता गर्नु पर्दैन । पार्वतीका अगाडि महादेव नाङ्गिए । वृन्दाका अगाडि छद्मभेषी विष्णु नाङ्गिए । सात वर्षकी गोमाका अगाडि सत्तरी वर्षका शिव शर्मा नाङ्गिए । मौका परे को नाङ्गिदैन यो संसारमा ? सबै नाङ्गिन्छन् । टाढाको कुरा किन गर्नु ? हाम्रा आँखा अगाडिको राजनीतिक अवस्थाकै मात्र कुरा गर्दा पनि पर्याप्त प्रमाण पुग्छ तपाईंका जिज्ञासा परिपूर्तिका लागि । नपत्याए सुन्नुस्– पञ्चायती व्यवस्थाले राजतन्त्रलगायत पञ्च नेताहरूलाई नङ्ग्यायो । बहुदलीय व्यवस्थाले जननेताहरूलाई नङ्ग्यायो । गणतान्त्रिक व्यवस्थाले गणनेताहरूलाई नङ्ग्याउँदैछ । दुई वर्षमा संविधान दिन्छु भन्ने संविधानसभा दिव्य चार वर्षपछि अपर्झट आफैँ नाङ्गियो । अब फेरि वर्ष दिनमा संविधान दिन्छु भन्ने अर्को संविधानसभा कतिखेर कहाँ पुगेर कसरी नाङ्गिने हो कसैलाई थाहा छैन । संविधान सभालाई प्राण भर्नेहरू कोही दल फुटाएर नाङ्गिइरहेछन्, कोही जुटाएर । कोही जमिनमुनि बसेर नाङ्गिइरहेछन् कोही जमिनमाथि । कोही संघीयतामा नाङ्गिइरहेछन् कोही केन्द्रियतामा । कोही जातियतामा नाङ्गिइरहेछन् कोही मानवतामा । हुँदाहुँदा कोही धर्ममा नाङ्गिन थाले कोही अधर्ममा । समाजमा यसरी नाङ्गिने रोग दिनानुदिन बढ्दो अवस्थामा छ, घट्तोमा होइन ।

नाङ्गिनु कुनै अनौठो कुरा नभएकाले नाङ्गिनेहरूको अनौठो प्रतिस्पर्धा छ यहाँ । तर नाङ्गिनुको पनि एउटा सीमा हुन्छ ! हेर्नुस् त आजको राजनीतिक बजारमा पूँजीपतिहरू एकातिर कङ्गालिएर नाङ्गिदैछन् भने अर्कातिर गरिब, शोषित, पीडित जनताका नाममा कुर्लिने सर्वहाराहरू अनेकौँ भौतिक सुख सुविधा र मोज मज्जामा नाङ्गिदैछन् । झुपडीका कुरा गरेर महलमा नाङ्गिदैछन् । गाउँको हेल्थपोष्टका कुरा गरेर सिङ्गापुरका अस्पतालमा नाङ्गिदैछन् । अनि– ‘कुरा गर्यो कुरैको दुख्ख’ ! भनेझैँ कसको के मात्र कुरा गर्नु ? जति कुरा गरे पनि नाङ्गिने नै हो भने बरू कुरै नगर्नु ठीक । कि कसो ए ! काइँला ?

‘समष्टि’, २०७३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x