साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

अब अहिले पछुताएर के गर्छौ र मैयाँ भन आफै त्योसँग बिहे गर्न नपाए म त मर्छु भन्यौ उतिबेला ।

Nepal Telecom ad

एक
राम्रा राम्रा गजल उहिले पनि फुर्थ्यो हजुर
तर बाचन गर्ने अबसर बिरलै जुर्थ्यो हजुर
न त थियो फेसबुक न त थियो टिकटक
मात्रै खोला नाला र पहराले सुन्थ्यो हजुर ।

दुई
हिजो पार्कमा भेट्दा तिम्ले मलाई हाइ भन्यौ
छुट्ने बेला फेरि हात हल्लाएर बाइबाइ भन्यौ
बिताइदिए मैले पनि पुरै रात तिम्रै सम्झनामा
मनै खिसिक्क भो जब आज के छ दाइ भन्यौ ।

तीन
आहा कति राम्री तिमी मोरी झुम्के बुलाकीले
अरे यो मन मेरो लग्यो चोरी झुम्के बुलाकीले
तिमीलाई देखे पछि खै के भो के भो आजकल
नजर मेरो उतै अड्क्यो गोरी झुम्के बुलाकीले ।

चार
डल्ले साहुको घरै छेउमा डेरा सर्छु भन्यौ उतिबेला
त्यसकै कान्छो छोरासँग बिहे गर्छु भन्यौ उतिबेला
अब अहिले पछुताएर के गर्छौ र मैयाँ भन आफै
त्योसँग बिहे गर्न नपाए म त मर्छु भन्यौ उतिबेला ।

फ्लोरिडा, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उफ ! एकलकाँटे समाज !

उफ ! एकलकाँटे समाज...

डा.अमर कार्की
बाको कमाइ

बाको कमाइ

डा.अमर कार्की
पाँच ठोक्तक

पाँच ठोक्तक

डा.अमर कार्की
मेरा सपनाका चोरहरू

मेरा सपनाका चोरहरू

डा.अमर कार्की
मुक्तके दोहोरी

मुक्तके दोहोरी

डा.अमर कार्की
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x