साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कलमको उत्तेजना

रातो कलम यतिमा चढेर जनताको भाग्यमा रातो मसीको छिर्का खसाउँछ । ओम्नीमा चढेर मधुमास मनाउँछ । ललिता निबासमा आमाको चोली च्यात्छ । प्रिन्टिङ् मेसिनमा हालेर, एक पटकको सत्तरी करोड बार्गेनिङ गर्छ ।

Nepal Telecom ad

अब त लेख्दिन भनेको थिएँ,
दाजुहरूले विरोध नलेख है भनेका थिए ।
म छाँगोबाट दहमा रुपान्तरित थेँ ।
मेरो कलम आगोबाट महमा रुपान्तरित हुन
सङ्क्रान्तीत थियो ।
आँधीको राँगोबाट सतहमा तरलित थियो ।
तर खप्नै सकेन कलमले ।
अचानक जुठेल्नाहरू,
चोखिने क्रम दोहोरिएको देखेर,
चुठेल्नोमा दुध पोखिने क्रम सोहोरिएको देखेर,
मेरो कलम चुपचाप बस्नै सकेन ।
दाजु नरिसाऊ ल, म एउटा कविता कोर्छु
कलम स्खलित हुन उत्तेजित भयो ।

कुर्सी मातेर रोशनीलाई,
सबैले देख्नेगरी जबरजस्त दल्छ,
समाचारले हो भन्छ, संसारले हो भन्छ ।
अदालतले होइन भन्छ ।
नेताको जीप त्रिशुलीमा खस्छ,
राजपरिवारको शरीरमा सयौँ गोली पस्छ ।
योनीबाट रगत बगेका किशोरीहरूको लास,
उखुबारी र खोलाघारीमा बास बस्छ ।
हत्यारा सधै फरार हुन्छ,
बलात्कारी पत्ता नै लाग्दैन
पौरुषत्व भएको मेरो कलम
नपुंशक भएर लुत्रुक्क भइरहँदैन
फँडा उठाएर उत्तेजित हुन्छ ।
कपीका कन्चनजङ्घाहरूमा
मसी नै मसी स्खलित हुन्छ ।

रातो मसीले मनपरी गर्दा
कालो र हरियो मसी पनि त मसी हो,
थुक निलेर ओठ चाटेर बस्न सक्दैन ।
रातो कलम यतिमा चढेर
जनताको भाग्यमा रातो मसीको छिर्का खसाउँछ ।
ओम्नीमा चढेर मधुमास मनाउँछ ।
ललिता निबासमा आमाको चोली च्यात्छ ।
प्रिन्टिङ् मेसिनमा हालेर,
एक पटकको सत्तरी करोड बार्गेनिङ गर्छ ।
हुँदाहुँदा रातो मसी दुईतिहाईको
चिरहरण गरेर बिच सडकमा बिघटन गर्छ ।
चारतिरबाट हात खुट्टा समाएर
संसदलाई दुईदुई पटक बलात्कार गरिन्छ, गराइन्छ ।
अनि मेरो हार्मोनवाला कलम
आफूभित्रको शक्ति छल्काएर
उत्तेजित हुन्छ र कालो मसी स्खलित हुन्छ ।

अहिले पिउँदिन भन्दै पिइरहेछन्,
गर्दिन भन्दै ‘एमसीसी’ पास गरेर
किस्ताबन्दीमा आमा बेचिरहेछन् ।
एसपीपीमा पनि नाम फेरेर
ल्याप्चे थिचिरहेछन् ।
नागरिकता पहिचान होइन,
नयाँ बुहारी र जुवाईलाई दिने
तिलक, दाइजो र मेजमान बनेको छ ।
भर्खर अपराधी मानेर जुठ्यानमा पुगेका रातो कलम
निर्दोष सावित भएर सिंहदरवार फर्केको छ ।
न एम अधिकारी नै भेटियो !
न त फुटेज भेटियो, न त फुटेज मेटियो ?
अब त सिंह हुँ भन्ने प्रतिपक्षी पनि
कात्तिकमा भुक्तै रमिता हेर्ने
डाँगो बन्न पुगेको छ,
सत्ता खुलेआम आँगनमा रति गर्ने
राँगो बन्न पुगेको छ ।
मेरो कलम फेरि जुरुक्क उठेको छ,
किन कि यो नपुङ्शक होइन
लुत्रुक्क पर्न सक्दैन,
वरु मेरो कालो मसीको डिएनए परीक्षण गर र
बलात्कारी मुद्दामा जेल ठोक कलमलाई
तर चुपचाप तमासा हेरेर मर्न सक्दैन ।

१६ साउन, २०७९
खाँदबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दलाई सलाम ठोक्न

शब्दलाई सलाम ठोक्न

ताराबहादुर बुढाथोकी
आऊ, मानवताको देउराली रोपौँ !

आऊ, मानवताको देउराली रोपौँ...

ताराबहादुर बुढाथोकी
म यस्तो जमिनमा उभिएको छु !

म यस्तो जमिनमा उभिएको...

ताराबहादुर बुढाथोकी
वेदना पढ्न

वेदना पढ्न

ताराबहादुर बुढाथोकी
भत्काऊ !

भत्काऊ !

ताराबहादुर बुढाथोकी
अहँ, म प्रश्न सोध्दिन

अहँ, म प्रश्न सोध्दिन

ताराबहादुर बुढाथोकी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x