सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अन्तर्राष्ट्रिय हवाई : अड्डा तमाखुको मेरो बट्टा

तमाखुको बट्टा ट्याँ गरेर कराएकोले सबै तर्किंदा सबैभन्दा पहिले हावाजहाजमा चढ़्ने यात्री म नै भएँ । तर पनि तमाखुको बट्टा ट्याँ गर्न छोड़ेको छैन ।

Nepal Telecom ad

अन्तर्राष्ट्रिय हवाइ अड्डाबाट मैले उड़्नुपर्ने भयो । विशाल हवाई अड्डा । उस्तै नयाँ मान्छेलाई ता त्यहाँ पुगेपछि कहाँ जाऊँ कता जाऊँ हुँदोरहेछ । म पनि त्यै क्याटेगोरीमा परेँ । तर अन्तर्राष्ट्रिय हवाइ अड्डामा चरणस्पर्श गर्दा गर्दा म थेत्तर भएको झैँ स्वाङ पारी हवाइ अड्डाको सङ्घार टेकेँ । बऱ्याम यात्रुहरूको पङ्क्तिमा उभिएँ । लामो पङ्क्ति । निकै बेर पछि सेक्युरिटी गार्ड । मागे जति सबै देखाएँ । स्वाँठ्-स्वाँठ सीआईएसएफका जवानहरू । बोल्नु पनि पैसा लाग्लाजस्ता मोराहरू । महिला सीआईएसफका जवाननीहरू उस्तै। प्रेशर कुकुरमा हाल्दा दस सिटीमा नपाक्ने खालका । ढोइ । कालो अनुहारमा म्याचिङ नगर्ने रातो लिपस्टिक ।

अर्को ठाउँमा सामानहरू म उड़्ने हावाजहाजमा पठाउने ठाउँ । अलिक परतिर आफूसित भएको घड़ी, ल्यापटप, कम्मरको पेटी सबै एउटै ट्रेमा हालेर कतै पठाउनुपर्ने । हाते घड़ी, ल्यापटप ता ट्रेमा राखेँ । छेउमा उभिएका एकजना लेडिजले भनिन्, बेल्ट प्लिज सर । पेटी खोलेर ट्रेमा राखेँ । पेटी खोलिएकोले प्याण्ट तल झर्लाजस्तो भयो । अन्तर्राष्ट्रिय हवाई अड्डाबाट मेरो जीवनको पहिलो यात्रा । हातमा भएका सबै कुरा फुकाल्न लाउँदा मोजा जुत्तादेखि प्याण्टसमेत खोलेर ट्रेमा हाल्नुपर्छ कि भनेर एउटा हातले प्याण्ट समातेर भनेँ, म्याम…और भी कुछ खोलना है ? मुस्कान पोइल गइसकेको ती महिला मुसुक्क मस्कुराउँदै ईट्स ओके भन्दा झण्डै प्याण्ट छोडी़पठाएछु ।

त्यसपछि चेकिङमा । त्यहाँ मेटाल डिटेक्टर लिएर उभेका सीआईएसएफका अफिसर (दुइ तारे) छेउमा उभिई दुइवटै हात उज्याउनु पर्ने । माथि उचालेँ दुइ हात । झाँक्रीले झारफुक गर्दा शीरदेखि पुच्छरसम्म फलाक्दै उनको झाँक्री डिटेक्टर तल माथि पुऱ्याएजस्तै ती दुइ तारेले पनि मेरो शिरदेखि पुच्छरसम्मै पुऱ्य़ाए । देब्रेतिर पनि उनको मेटाल डिटेक्टरले मेरो जीउ स्पर्श गऱ्यो । छाती, भुँड़ी अनि तल देव्रे प्याण्टको खल्तीमा पुग्दा मेटाल डिटेक्टर ट्याँ….ट्याँ गर्न थाल्यो । खल्तीभित्र यो आवाज सुनेर परतिर उभिएका कमाण्डोहरूले बन्दुक ताकी मलाई घेरे । यतिबेला मैले आफूलाई २६/११ मा आक्रमण गर्ने कसाबभन्दा ठ्याक्कै कम्ति लागेन । मसित बन्दुक ता होइन कम्तिको पनि एउटा केरा भएको भए केरा ताकेर यी कमाण्डोहरूको अरु केही गर्न नसके पनि सातो चाहिँ पक्कै खाइदिने थिएँ । खल्ती बजेको बजेकै छ । दुइ तारे डरसरि भएर मेरो खल्तीमा हात हाली तमाखुको बट्टा निकाले । अविराम ट्याँ…बजिरहेछ । उनले बट्टा खोले… भित्र खैनी । फेरि बजाइ जडारी अर्को पट्टि चूनाले टाँसिएर बट्टाको बिर्को खोलिएन । उनले मलाई चूनापट्टिको बट्टा खोल्न लाए । मेरो दाहिने हातको बूढ़ो औंली सामान्य मड़्केकोले उनलाई मैले बताएँ ।

सोधे मलाई, ये भितर क्या है ?
मैले भनेँ, चूना था…लेकिन गोर्खा बम तो नहीँ है सर ? बमको नाम लिने बितिक्कै ती अफिसरले मेरो तमाखुको बट्टा पर घुइँकाइ दिए । तमाखुको बट्टा उछिटिएर पर…पुग्यो । ट्याँ बजिनै रहेको छ अविराम । त्यतिनै बेला बम स्कवाड आएर तमाखुको बट्टालाई आफ्नो घेराभित्र राखे । मैले उबेला आफूलाई कसाब नै सम्झिरहेको थिएँ । एकजना बम स्कावडर डर सरि भएर तमाखुको बट्टा खोले । भित्र कति दिनदेखि चूना डल्लो परेर ढुङ्गा भइसकेको रहेछ । मैले भनेँ, देखा दोस्तों आप लोगों नै गोर्खा बमका धमाल । सबै गललल…हाँसेँ । ती दुइ तारे ता झन् भुतुक्कै ।

त्यहाँबाट छिर्ने अनुमति पाएर म अब अन्तिम ठाउँतिर लागेँ । निकै परसम्म पनि मेरो तमाखुको बट्टाले ट्याँ गरिरहेको थियो । मसित हिँड़ेका यात्रुहरू बट्टा ट्याँ गरेको सुनेर पर…पर…हुन थाले । कैयौं यात्रुहरूको भीड़मा सबैभन्दा अन्तिम पङ्कितको यात्री मै नै थिएँ । तमाखुको बट्टा ट्याँ गरेर कराएकोले सबै तर्किंदा सबैभन्दा पहिले हावाजहाजमा चढ़्ने यात्री म नै भएँ । तर पनि तमाखुको बट्टा ट्याँ गर्न छोड़ेको छैन ।

हावाजहाजको सिँढ़ीमै एकजना सुन्दरी विमान परिचारिका जम्लेहात गर्दै वेलकम सर…भनी मिठाइलो मुस्कान छरिदिँदा म अतालेर के गरेँ गरिनँ थाहा छैन तर सुन्दरी विमान परिचारिकाको मिठाइलो स्वागत स्वर सुन्ने बितिक्कै तमाखुको बट्टा ट्याँ….ट्याँ गरी बज्नु बन्द भयो ।

०००
सिलिगुड़ी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चपरी (२)

चपरी (२)

कृष्ण प्रधान
चपरी (१)

चपरी (१)

कृष्ण प्रधान
घुस(२)

घुस(२)

कृष्ण प्रधान
घूस- १

घूस- १

कृष्ण प्रधान
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे