सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देखेर हाँस्यो चिता ?

मुद्दा जेल र नेल हत्कडी यहाँ, लाग्दैन सत्ता हुँदा- माफी पाउँछ ऐन कानुन किची, देखेर हाँस्यो चिता ।

Nepal Telecom ad

स्याजैसम्म उठे वृकोदरहरू, होला भुँडी पन्चट ।
सत्ता लालच झ्याउ हुन्न कहिल्यै ? के मान्दथ्यौ झन्झट ।।
हात्तीछाप थियौ भयौ सहरका, प्रासादका मालिक ।
खोल्यौ नर्सिङहोम बैँक कति हो, ज्यूँदा तिमी सालिक ।।

छोरा ज्वाइँ पुगे युरोप नगरी, घर्बार जोडे त्यहाँ ।
प्यारी भाइ र सम्धिनी पद लिँदै, गर्छन् तमासा यहाँ ।।
मन्त्री-साम्सद दूत भूतसरि भै, नाचे कुटुम्बी जन ।
औधी लुट्नु लुट्यौ फुट्यौ अनि मिल्यौ, पापी हरामी मन ।।

अंशाहार लिँदै भकुर्नु भकुर्‍यौ, चर्को महा-व्याधिमा ।
नौलो खोप मगाउँदै भुँडी भर्‍यौ, कोभीडका भीडमा ।।
मुद्दा जेल र नेल हत्कडी यहाँ, लाग्दैन सत्ता हुँदा-
माफी पाउँछ ऐन कानुन किची, देखेर हाँस्यो चिता ।।

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
तन्नेरीका चिन्तन

तन्नेरीका चिन्तन

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बाल्छन् कयौँले चुलो

बाल्छन् कयौँले चुलो

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’