साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई नमान्ने ?

“यो त सबै प्रारब्धको खेल हो, विधिको विधान हो, सबै कुरा मैले चाहे अनुसार पनि हुन्न सज्जन बालक !” “यो उम्किने तर्क हो । वकालत हो । हे नभएका निराकार प्रभु, म यस्तै छु । परिवर्तन सम्भव छैन ।

Nepal Telecom ad

“आहा, कति रमाइलो धाम !” ऊ, प्रोफेसर तिलकराम बुढाथोकीको अनुज, प्रोफेसर जगमोहन आजादको मितबा, प्रोफेसर पूणर्नारायण पदमोपाध्याय कलमश्री आनन्द, सबैको आनन्द सर, धेरैको भर, अराजक फेसबुके, मन सफा, नौलो ठाँउमा आइपुग्यो । एक्लै छ । साथमा मोबाइल छ । सुन्दर दृश्य कैद गरेर एउटा भिडिओ बनायो, हिन्दी गीतसहित । अलि पर ताल, निर्मल, कन्चन, विमल पानी, उसको बानी जस्तै । एउटा वृक्ष, देवदह र निर्मल, श्याम, गङ्गा, सरस्वती सम्झियो । रुखमुनि बस्यो, घाम छेलेर । प…र मन्दिरमा घण्टी बजेको सुनियो । हरि भजनसहित । गगनमा रवि, विश्वलाई प्रकाश पार्न नसकी बादलभित्र उल्लाप गर्दै । सायद,त्यतै थियो पत्रकार सम्मेलन । प्रचण्ड गर्मी थिएन । सुस्तायो प्रोफेसर ।

“तिमी नास्तिक हो आनन्द बाबू ?” एउटा आवाज आयो, अपरिचित, परिचित । परिचित यस अर्थमा कि आफ्नै दाजी मोतीकान्त मेहर राजजीको जस्तो लाग्यो, तर होइन । लागेको मात्र ।
“हजुर को हो र ?” उल्टो प्रश्न गर्‍र्यो ।
“म निराकार निरन्जन प्रभु, गीतावाचक, तीन लोकको पाचक !”
“म वनमाली निराकार दाजी, मिस्टर लण्डन रिटर्न बाहेक अरू कुनै निराकारलाई चिन्दिन । मेरा लागि सबै परशु प्रधान र शैलेन्द्र साकार !”
“तिमी नास्तिक नै हो त ?”
“मेरो लागि आस्तिक हुनु र एमाले राष्ट्रपति हुनु उस्तै हो । म यो जीवनमा न आस्तिक हुनसक्छु, न कुनै आस्थादास, म बिन्दास, नो उदास । को हो हजुर ? सामुन्नेमा आउन मिल्दैन ?” अनुरोध गर्‍यो ।

“म निराकार, तिमीले अर्जुन र सन्जयको जस्तो दिव्यदृष्टि पाएमा मात्र मलाई देख्न सक्छौ !” आवाज आइरह्यो ।
“मलाई त्यो काल्पनिक कथाको पात्र बन्नु छैन । म वास्तविक दुनियाँको वास्तविक मान्छे । साकार मान्छे ! हजुर अनील कपुर त होइन नि, मिस्टर इन्डियाको ?”

“हेर,म दश अवतारधारी, दुनियाँले मान्छ, म एक रूप अनेक । तिमीले मलाई न मान्ने ? मलाई न मान्ने ? मेरो रचनाले मलाई न मान्ने ? मलाई नमान्ने ? ए मान्छे, ए ए, प्रोफेसर जगमोहन आजादको मितवा मलाई नमान्ने ?” अलि झोक्कियो निराकार आवाज ।

“हे जादूगर,मान्छेले पैसा र ईश्वर बनायो, पर्यायवाची बने, एक साकार र अर्को निराकार । तिम्रो अस्तित्व नै छैन त के मान्ने ? किन मान्ने ? नमान्ने !” आनन्द पनि आफ्नै अडानमा ।

“ए महा नास्तिक, के भएमा आस्तिक बन्ने त ? म तिमीलाई आस्तिक बनाउन कमलपोखरीबाट काजमा खटिएको । तिमी यति अघोरी, यति मस्ताना ? यति ढुक्क ? यत्रो अडान ? के भएमा मान्ने ?” अलि नरम भयो निराकार स्वर । बोल्यो आनन्द, “मेरो जीवनले अति इमानदार मानेका दुई असल मान्छेहरू रोग लागेर अति दुःख पाए । इमानको सगरमाथा सम्पूणर्बहादुर नेपाल र छन्दराज प्रमोदी, मेरो एक अति सज्जन मित्रको पच्चीस तोला नम्बरी सुन वन्चकलालहरूले लुटे, पचाए ! मेरा एक सज्जन “रामभक्त दाजी” जीवनाथनन्दन, अति सुगरले दिक्क, दुःख पाए, ल तिम्रो लीला सत्य हो भने यी पात्रहरूलाई निरोगी बनाऊ, धनी अझ धनी, गरीब अझ गरीब हुने दुनियाँमा तिमी लक्ष्मीकान्त रे ! यही हो न्याय ? खोइ, लेऊ पच्चीस तोला कनक ! सन्चो बनाऊ ती सज्जनहरूलाई, अनि हुन्छु म आस्तिक। मूर्ख बनाउने मलाई ? अलि अलि मूर्ख त हो, छु,बढी मूर्ख बनाउने ? साम्यवाद लागू गर संसारभरि । सक्छौ ?निराकार प्रभु!तिमी कहानीको लागि हो । जाऊ नितिश भारद्वाज बनेर लीला गर !”

“यो त सबै प्रारब्धको खेल हो, विधिको विधान हो, सबै कुरा मैले चाहे अनुसार पनि हुन्न सज्जन बालक !”
“यो उम्किने तर्क हो । वकालत हो । हे नभएका निराकार प्रभु, म यस्तै छु । परिवर्तन सम्भव छैन । आस्तिक हुन्न । विवेकी नास्तिक बनेको हो, यही ओक्के छ त !”

“ए बूढा, ए बूढा, कति घुरेको ? पाँच बज्यो । छोरीको फोन आउने बेला भो । खोइ आज गजल, कविता, कथा ? आइकावा होटेलको निम्तो छ होइन ? सुखलाल काकाको घर जाने होइन ? तातो पानी आयो । “अल्छी बूढा ! कुन कुन पुतली आए सपनामा !” सीताजीको स्वरले साकार दुनियाँमा आइयो । तिलक दाजीलाई सम्झिन पुगेछु । विनोदी गुरु,पूर्ण सर र खकुरेल बा सम्झिएर कथा लेख्न थाल्छु ।

०००
बैकुण्ठनगर, बछौली चितवन, नास्तिक टोल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x