साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे बाँदर कि बाँदर मान्छे ?

हेडसर बाँदरलाई नमज्जाको सलाम मज्जाको भनौ भने त आफू नि हेडसरको शिस्य हो भन्ने गोप्यता खुस्केला । अलिकति भए पनि गोप्यता राख्नैलाई मज्जाले सलाम गर्न चाहिँ सकिएन ।

Nepal Telecom ad

बाँदर भन्ने बित्तिकै गतिलो स्वभावको त के बुझिन्थ्यो ! स्वभाविलो भैदिएको भए त नाम बाँदर नै किन रहन्थ्यो होला र ! हुन त नाममा के नै राखेको हुन्छ र भन्न पनि नमिल्ने नै जस्तो पो छ । आफ्नो नामलाई सम्झेर पनि भएन । बाँदरहरू हाम्रा पुर्खाहरू हुन् रे तर पुर्खाहरू हामी यति विकसित मान्छे हुन्जेल पनि किन धार्जे हुन नसकेका होलान् ? बरु कहिले काहीँ हामी चाहिँ पुर्खाको बानिव्यहोरा काटिकुटी निकाल्छौँ ।

बाँदरहरू रुख चड्छन् तर हामीलाई रुख चड्न धेरै सकस पर्छ । बाँदरहरू फालहान्न र माथितिर उफ्रन पनि असाध्यै सिपालु र शक्तिशाली हुन्छन् । हामी चाहिँ फालहान्न डराउँछौँ तर उफ्रन चाहिँ बाँदरले जति नसके पनि बुरुक्क बुरुक्क उफ्रन्छौँ । बाँदर रिसाउँदा दाँत किच्च पारेर देखाउँछ, हामी रिसाउँदा आँखा डेंडो पारेर आँखाकै तीर मारौँला झैं गर्छौं । बाँदर चार पाउ टेकेर हिँड्छन् भने हामी दुई पाउ टेकेर हिँड्छौँ ।

बाँदर र मान्छेको अर्को बाँनी पनि करिब करिब मिल्दोजुल्दो छ । त्यो के भने लुटेर थुतेर र धुतेर खाने । यसो हेर्दा थुतेर र धुतेर खाने एउटै प्रकृतिको जस्तो लाग्छ तर थुतेर खानेले देखिदेखी थुत्छ भने धुतेर खानेले छलिछली देखि वा नदेखी धुर्ततासँग चोरेर, सोरेर वा तानेर खाने गर्छ । अझ अर्को प्रकृतिको खुवाई हो लुटेर खानु । लुटेर खानु त झनै खराव प्रकृतिको खुवाई हो । यसरी हेर्दा बाँदरलाई हाम्रो पुर्खा मानेर मानिसले आफ्नो धर्म निभाएकै छ ।

अचम्मको कुरा त के छ भने मान्छे आफ्नो पुर्खाको हेडमास्टरै पो भएछन । मैले चाहिँ पत्याउन सकिन । हैन, मानिस कसरी बाँदरको हेडमास्टर बन्न सक्छ र बरु बाँदर चाहिँ मान्छेको हेडमास्टर हो भन्छु म त । बाँदरहरू बनाउन जान्दैनन् तर भत्काउनु पर्‍यो भने एकछिनमा तहसनहस पारिदिन्छन् । अनि कसरी मान्छे बाँदरको हेडमास्टर हुनसक्छ ? खुट्टै तान्ने कुरामा पनि बाँदरले जति शिप लगाएर मान्छेले खुट्टा तान्न जान्दैनन् । मानिसले खुट्टा ताने भने कि आफै पछारिने गरी तान्छन् किन जसको तानेका हुन् तिनको खुट्टो टेक्नै काम नलाग्ने गरी तान्छन् । भनेपछि खुट्टा तान्नेमा पनि बाँदरको हेडमास्टर मान्छे हुन सक्दैन ।

बाँदर भुक्दैन र बेलाबखत न्यार्रनुर्र गर्न बाहेक बोल्न पनि जान्दैन । मानिस बोल्छ । जो धेरै बकबक बोल्छ उसलाई रिसले मानिसले के कुकुर जस्तै बकबक् भुकेको भन्छन् र यो स्वभाविक पनि हो । कुकुर पो भुकेपछि भुक्या भुक्यै गर्छ त । न उसलाई अरुलाई झर्को लाग्ला भन्ने डर हुन्छ न केही । कुकुर पनि हारखाने गरी बोल्नेलाई त यो उपमा स्वाहुँदो नै हुन्छ । यस्ता बक्बके बोलक्कडसँग त साँच्चिनै कुकुर पनि हार खान्छ नै । यो कुरामा भने मान्छे बाँदरको हेडमास्टर हो भन्न सकिन्छ ।

हुन त मैले यो लेखिरहँदा मलाई झुट लेखिस् भनेर संसारको एकमात्रै नमुनाको पिस भनौंला अनि बधाई स्वरुप बैगुर्नीको किस पठाउँला तर म तर्क दिन सक्छु कि मानिस बाँदरको हेडसर हुँदैहोइन । बरु बाँदर चाहिँ मान्छेको हेडमास्टर हो । त्यै भएर यहाँ हेडमास्टरको आनिबानी हुबहु मान्छेमा सरेको छ । सङ्गत गुनको फल न हो हेडसरको समीपमा रहेपछि परीक्षा अनुत्तिर्ण हुने त चान्स नै आउँदैन ।

अन्तमा, हेडसर बाँदरलाई नमज्जाको सलाम मज्जाको भनौ भने त आफू नि हेडसरको शिस्य हो भन्ने गोप्यता खुस्केला । अलिकति भए पनि गोप्यता राख्नैलाई मज्जाले सलाम गर्न चाहिँ सकिएन । बाँदर मान्छेको हेडमास्टर हो कि मान्छे बाँदरको हेडमास्टर हो अनुसन्धान होस् । अथवा मान्छे बाँदर हाे कि बाँदर मान्छे ? अनुसन्धान पछि ठोस रिपोर्ट सार्वजनिक होस् । त्यसपछि आफ्नो धारणा सच्याउनै पर्ने भए सच्याउँला । जय होस् बाँदरे प्रवृत्तिको !!

०००
०८०/०१/१४
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x