सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धोती लगाएँ सबै

आफन्ती जनको कथा अनि व्यथा, बुझ्दैछु के गर्दछौ, व्यर्थैमा रिसले न जल्नु जन हो, बेकारमा मर्दछौ, तिम्रा लागि म देश राष्ट्र शमता, यथार्थमा हो सबै, छेपारो सरि रङ्ग फेर्न पनि पो, सक्नेछु मैले सधैँ ।

Nepal Telecom ad

रित्याएँ मुलुकै लुटेर ढुकुटी, रोकेर देखाउनु
दारू बोतल साथ खोज्छु रमणी, छेकेर देखाउनु
तिम्रै भोट लिएर आज चुनिएँ, भारेभुरे होइन
जैलेबाट चुनावमा जिति सकेँ, निर्धो लुरे होइन ॥१॥

बाटो बन्छ भनेर ढाँट छलले, झुक्याइ मागेँ मत
खै कस्तो पिरती छ दाम सँगको, बस्दैछ ज्याद्रो लत
मन्त्री बन्छु म खास मानिस भएँ, पार्टी र देशैभरी
रित्तो हात म बस्न सक्दिन सधैँ, चाहिन्छ गोजी भरी ॥२॥

भ्रष्टाचार भयो तथा कमिसनै, जे मिल्छ सो चाहियो
जस्ता मात्र कहाँ सिमेन्ट मसला, भर्दै भुँडी आइयो
लाटाछन् जनता सबै बुझिसकेँ,जे गर्छु बोल्दैन क्वै
हान्दै लात जताततै नियमका, धोती लगाएँ सबै ॥३॥

आफन्ती जनको कथा अनि व्यथा, बुझ्दैछु के गर्दछौ
व्यर्थैमा रिसले न जल्नु जन हो, बेकारमा मर्दछौ
तिम्रा लागि म देश राष्ट्र शमता, यथार्थमा हो सबै
छेपारो सरि रङ्ग फेर्न पनि पो, सक्नेछु मैले सधैँ ॥४॥

झुट्टा बोल्छु पुरै सभा गरिदिँदा, ढाँटेर सारा कुरा
मेरा गोप्य कुराहरू उकलिए, ताकेर हानेँ छुरा
छाडा हुन्छु म नित्य देशभरिमा, को रोक्छ मेरो गति
मेरो बात अटेर गर्छ जसले, जानेछ पक्कै सती ॥५॥

०००
चितवन
भैरव स्मृति पुस्तकालयद्वारा ०८० वैशाख ९ मा आयोजित
हास्यव्यङ्ग्य कविता प्रतियोगितामा द्वितीय पुरस्कार प्राप्त ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शुभकामना भनिदिएँ

शुभकामना भनिदिएँ

चिरञ्जीवी दाहाल
हाँसो र यसका प्रकारहरू

हाँसो र यसका प्रकारहरू

चिरञ्जीवी दाहाल
सालो लिएर जाऔँ

सालो लिएर जाऔँ

चिरञ्जीवी दाहाल
क्लिप्टोमेनिया

क्लिप्टोमेनिया

चिरञ्जीवी दाहाल
परिवर्तन

परिवर्तन

चिरञ्जीवी दाहाल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला