साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोती लगाएँ सबै

आफन्ती जनको कथा अनि व्यथा, बुझ्दैछु के गर्दछौ, व्यर्थैमा रिसले न जल्नु जन हो, बेकारमा मर्दछौ, तिम्रा लागि म देश राष्ट्र शमता, यथार्थमा हो सबै, छेपारो सरि रङ्ग फेर्न पनि पो, सक्नेछु मैले सधैँ ।

Nepal Telecom ad

रित्याएँ मुलुकै लुटेर ढुकुटी, रोकेर देखाउनु
दारू बोतल साथ खोज्छु रमणी, छेकेर देखाउनु
तिम्रै भोट लिएर आज चुनिएँ, भारेभुरे होइन
जैलेबाट चुनावमा जिति सकेँ, निर्धो लुरे होइन ॥१॥

बाटो बन्छ भनेर ढाँट छलले, झुक्याइ मागेँ मत
खै कस्तो पिरती छ दाम सँगको, बस्दैछ ज्याद्रो लत
मन्त्री बन्छु म खास मानिस भएँ, पार्टी र देशैभरी
रित्तो हात म बस्न सक्दिन सधैँ, चाहिन्छ गोजी भरी ॥२॥

भ्रष्टाचार भयो तथा कमिसनै, जे मिल्छ सो चाहियो
जस्ता मात्र कहाँ सिमेन्ट मसला, भर्दै भुँडी आइयो
लाटाछन् जनता सबै बुझिसकेँ,जे गर्छु बोल्दैन क्वै
हान्दै लात जताततै नियमका, धोती लगाएँ सबै ॥३॥

आफन्ती जनको कथा अनि व्यथा, बुझ्दैछु के गर्दछौ
व्यर्थैमा रिसले न जल्नु जन हो, बेकारमा मर्दछौ
तिम्रा लागि म देश राष्ट्र शमता, यथार्थमा हो सबै
छेपारो सरि रङ्ग फेर्न पनि पो, सक्नेछु मैले सधैँ ॥४॥

झुट्टा बोल्छु पुरै सभा गरिदिँदा, ढाँटेर सारा कुरा
मेरा गोप्य कुराहरू उकलिए, ताकेर हानेँ छुरा
छाडा हुन्छु म नित्य देशभरिमा, को रोक्छ मेरो गति
मेरो बात अटेर गर्छ जसले, जानेछ पक्कै सती ॥५॥

०००
चितवन
भैरव स्मृति पुस्तकालयद्वारा ०८० वैशाख ९ मा आयोजित
हास्यव्यङ्ग्य कविता प्रतियोगितामा द्वितीय पुरस्कार प्राप्त ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
कलश चोरलाई खुलापत्र

कलश चोरलाई खुलापत्र

चिरञ्जीवी दाहाल
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x