साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्पादक

मलाई यो कुराको हार्दिक अफसोच छ कि द्विवेदीजीले मेरो कुनै रचना कहिले फिर्ता गरेनन् । यो दुःखद् स्थितिको प्रमुख कारण मैले लेख्न सुरु गर्नुभन्दा पहिला नै उहाँको स्वर्गवास भइसकेको थियो ।

Nepal Telecom ad

रवीन्द्रनाथ त्यागी :

अनुवाद : आर.सी. रिजाल

सबैभन्दा घटिया सम्पादक त्यो हुन्छ, जसले सबैभन्दा पहिले रचना प्राप्तिको सूचना दिन्छ र फेरि रचना स्वीकृतिको सूचना दिन्छ । त्यसपछि रचना सानदार ढङ्गले छापिन्छ अनि एक पत्रिकासहित लेखकलाई चेक पठाउँछ । धर्मयुगका सम्पादक डा. धर्मवीर भारती यही श्रेणीमा पर्थे ।

माथिको सम्पादकभन्दा राम्रो सम्पादक त्यो हुन्छ, जसले चिठ्ठी पत्र लेख्दैन रचनामात्र छापिदिन्छ र कहिलेकाहीं लेखको पारिश्रमिकसहित पठाउँछ । अझ श्रेष्ठ सम्पादक त्यो हुन्छ, जो रचना विनाकारण तपाईंलाई खेद वा अभिवादनको साथ फिर्ता गर्छ र भविष्यमा पनि यस्तैयस्तै सहयोग गर्ने प्रार्थना गर्छ ।

सर्वश्रेष्ठ सम्पादक त्यो हो, जो न रचना छाप्छ न कहिले त्यसलाई फिर्ता पठाउँछ । तपाईं जतिसुकै पत्र लेख्नोस् श्रेष्ठ सम्पादकलाई केही असर पर्दैन । मैले यस्तो एउटा सम्पादक फेला पारेको थिएँ, जसले मेरो रचना उसको नाममा छपायो ।

सम्पादक धेरै ठूलो मान्छे हो । खरो बोलीका धनीमा ‘सरस्वती’ का सम्पादक महावीरप्रसाद द्विवेदीको जो योगदान छ, त्यो अजर अमर छ । उनले पन्त र निरालाका रचनासमेत फिर्ता पठाएका थिए । पन्तजीको त एउटा यस्तो रचना पनि फिर्ता गरे जो द्विवेदीको स्नेहपात्र मैथलीशरण गुप्तामार्फत् पठाइएको थियो । मलाई यो कुराको हार्दिक अफसोच छ कि द्विवेदीजीले मेरो कुनै रचना कहिले फिर्ता गरेनन् । यो दुःखद् स्थितिको प्रमुख कारण मैले लेख्न सुरु गर्नुभन्दा पहिला नै उहाँको स्वर्गवास भइसकेको थियो ।

०००
‘भोलारामको आत्मा’ (२०६६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तैलचित्र

तैलचित्र

रवीन्द्रनाथ त्यागी
एउटा ससानो कुरो

एउटा ससानो कुरो

रवीन्द्रनाथ त्यागी
स्ट्राइक

स्ट्राइक

रवीन्द्रनाथ त्यागी
प्रजातन्त्र

प्रजातन्त्र

रवीन्द्रनाथ त्यागी
हाम्रो राजभाषा

हाम्रो राजभाषा

रवीन्द्रनाथ त्यागी
0
Would love your thoughts, please comment.x
()
x