सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जाडो महिना

के साह्रो आरिसे भनेर खानेलाई खानु दिनु नि भन्दै सोच्छु फेरि कताकताको कुरा आज नै गरेर सक्छ कि क्या हो भनेर नसोच्नु  कुरा गर्दा नै ट्याक्स लाग्ने भए सबै भन्दा ट्याक्स भर्नेमा मेरो नाम पनि सरकारी खातामा आउथ्यो ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

निद्रा पुगेको हुँदैन बिहान हुन्छ बा… रात लामो दिन छोटो भएको दिनलाई जाडो महिना भनिन्छ भनेर परिभाषा दिनेले पनि जाडोमा भोग्नु परेको भोगाई सरल चैँ छैन ।

अब नहुनू पनि कसरी विज्ञापनले तँछाडमछाड गरेको समयमा जाडो महिनाको महिमा कतै कसैले गाएको सुनेको चैँ छैन । कतै सुने पनि जाडो महिनामा राम्रो खबर चैँ पटक्कै आउँदैन । कसैको यही माघमा घरद्वार जोडेको खबर आउँछ भने कतिको तोडेको खबर हाम्रो राष्ट्रिय च्यानलले कहिले देखाउनु सकेन नि बाबै…..जे हुँदा पनि जस्तो हुँदा पनि मुखमा बिडी चेपेको जस्तो चुपचाप बसेपछि हाम्रो मर्म कसरी हाकिमको कानमा पुग्छ होला र ? अरू ठाउँमा भैँसीले घाँस खाँदा समेत न्युजमा आउँछ हाम्रो त कुलैनबारी, चियाबारी बन्द हुँदा सम्मको कुरा नआउँदा भुगोलभित्रको मानचित्रमा हाम्रो नक्सा नै छैन कि जस्तो पो लाग्छ । यति मात्रै हो र रोजगारी बन्द भयो भने पेटमा ताला लाग्छ…नानीको स्कुल छुट्छ ,युवाहरू पलायन हुन्छ… बिमारी ईलाज नपाई मर्नु पर्छ… यति गम्भीर अनि समस्यालाई कहिले देखाउने न्युजमा भनेर ठूलाठूला टाउको बोकेका बकमफुसेहरूलाई सोध्नु मन लाग्छ ।

कता जाडो विषयमा कुरा गर्नु बसेको म …. गरम हुने कुरा गरे आफैँलाई गर्मी लागेको जस्तो पो भो…ए अँ साँच्चै यो जाडो महिनामा नुहाउनु नपरे पनि हुने भन्ने कुरा सबैको मनमा आउँछ कि मेरो मनमा मात्रै आएको हो । एक हप्तादेखि सोच्दा सोच्दा हुन्छ । हात धुनु कि मुख धुनु हुन्छ । तातोपानी पनि चिसो लाग्छ । फेरि होस भोलि पक्का नुहाउने हो भनेर पानीलाई आँखा तर्छु । जे सुकै होस है थोडी हात्ती नुहाएर ठुलो भाको हो र भनेर चुनाव जितेर वचन भुलेको नेता जस्तै बाथरुमबाट फुत्तै निस्कन्छु अनि बाहिर कसैले याद गरेको छैन भन्दै लुरुलुरु चुनाव हारेपछिको नेता जस्तै आफैलाई सान्त्वना दिएर कोठामा पस्छु ।

जाडो महिना एउटा व्यापार फस्टाउने महिना हो भनेर एक जाना बाले भनेको थिए…. सायद होला पनि मधेसमा भए धान पाक्छ, कोदो पाक्छ…. नानाथरी सोचेर मरेछु । के को हुनू मेरो भ्रम तब खतम भयो जब जाडो लागेपछि जाडोबाट बाँच्नको लागि सिगरेट, गुटखा, खैनी, बिडि, आदिको व्यापार एक्कासी फस्टाउने भएकोले गर्दा पो रहेछ । हुनू पनि कसरी नहुनू कत्रो कत्रो फिल्म स्टारले नै गुटखाको विज्ञापन गरेपछि बिक्री नभएर के हुन्छ त ? हाल हामी यति धेरै विज्ञापने भएका छौँ कि अर्जिनल घ्यू खाए पेट दुखेर मर्नु कि बाँच्नु हुन्छ । हामी अझै पनि सरकारको सहुलियतमा चामल, आटा, दाल तेलको अपेक्षा राख्छौ अन्त कसरी हुन्छ विकास ? हामीले आफ्नो ठाउँमा हस्पिटल होइन डाक्टर माग्ने दिमाग कहिले आउँछ । स्कुल माग्छौ कहिले राम्रो पढाउने शिक्षक माग्ने ? अझै पनि हामी आटा सस्तो भएन भन्दै महिनापछि डाटाबेस भर्नु नछोडेपछि कता पो सस्तो गर्ला मालिकले पनि आटा गर्नु कि डाटा ?

जाडोको कुरा गर्छु भनेर बसेको खै ! के के पनि दिमागमा आउँछ अनि…. एकजना दाजु भेटेको झन्डै डाक्टर नै फेल हुने दबाई भन्यो… तातोपानीमा रम हालेर खानु भाइ सर्दी, खासी त एकै रातमा चटटै… लु अब तातोपानीमा रम खाँदा विमार ठिक हुने भए यत्रो मेडिकल दोकान, सरकारी हस्पिटल त हावामा खोलेको रहेछ भनेर एकछिन सोचेपनि । अब झाँक्रीले नै सबै विमार जाती पारे यत्रो खर्च गरेर मेडिकल कलेज सरकारले किन पो खोल्नु हावामा जस्तो लागेन तपाईंलाई यो कुरा…!

हावा भन्दा के त हावा मिठाई यो जाडो महिनामा कम चल्छ, हामी त समयसित हिँड्नु नसक्ने लठुवा हो कि जस्तो पो लाग्छ… दुधे दाँत नझरेकोहरू सिगरेटको धुवाँले जाडो महिना कटाउने जुक्ति पनि साह्रो राम्रो हो कि जस्तो लागेन तपाईंलाई… हामी सुर्ती खानु पनि लुकेर कुना काप्चा खोजेर सिकेको आजका भुराभुरीलाई एक इंचको लाज सरम छैन । को के केही छैन… हामी त माथ्लो गाउँको काका देख्दा पनि सातोपुत्लो जान्थ्यो । यो जाडो भगाउने नौलो अविष्कार गर्नु नआएर पनि होला साह्रो गोजे के हामी त… फेरि हाम्रो समयमा जसले देख्यो गलत काम गर्दै गरेको उसले नै हान्ने चलन थियो, को आफन्तको पराईको नानी भन्ने चलन थिएन । साह्रो डर थियो समाज भनेपछि …

यो जाडो महिना निकै सजिलो भएको छ आजकल जस्तो पो लाग्छ । फुटेको कौडी नदेख्ने त हामी नै थिएछौँ । कस्तो जमानामा परेको अहिले जस्तो थिएन नि ऊ टाईम कुखुराको सुली त देख्न पाइन्थ्यो । आजकलले सुली देखेर होइन जाडो महिना देखेर फेसबुकमा स्टाटस हालेर हाँस्ने चलन छ । मुटु दुखेको कुरा देखि छातीमा भुत्ला आएका कुरा हाल्छन बजै । अरू त पुरानो कुरा अण्डाशयदेखि शुक्राणो बढेको कुरा पनि देख्न पाइन्छ । अलिक पेट बढे बच्चा पेटमा खेलेको पनि देख्न पाइन्छ । खै यस्तो थाङ्गने कुरा पनि किन पो मनमा आउँछ ।

यहाँ जाडो महिनामा थरथर कामने गरीबका कुरा लेखेर कति पो नाम कमाउनु सकिन्छ यस्ता अचाहिदो अनि गरीबको नाममा ब्लेकमैल गरेर मलाई कुनै पार्टी चलाउनु नै छैन त ! यहाँ गरीबलाई न्याय दिलाउँछु भनेर खडा भएको ठूलो भाइ रातारात ल्याण्डओभरमा हिँड्ने भयो । गरीब भन्ने त्यही जनता एउटा ओढ्ने पाइन्छ कि भनेर ठूलो भाइ जस्तो नेताको पछि लाग्नु सिवाय अरू कुनै उपाय छ र ?

जाडो महिना भनेर कता कता कुरा गरेको मैले पनि… जाडो महिना धनीको लागि आउँदैन रहेछ यस्ता महिना त गरीब मान्छेको निम्ति काल भएर आएको हुन्छ । धन्न गरीब मान्छेलाई सेन्ट छर्किनु पर्दैन नभए त धनी मान्छे जस्तै नुहाउने नै पर्दैन थियो । यहाँ जे महिना आए पनि मर्ने भनेको उही म जस्तो गोजीमा फुटेको कौडी नभएको मात्रै हो। धनीको लागि विभिन्न विज्ञानले अविष्कार गरिसकेको छ । जाडो महिना पनि एउटा वर्ग संघर्षभित्रको क्रान्ति ल्याउने ठण्डा नै हो कि भनेर सोध्नु पो मन छ ।

जाडो महिना भनेको बिमारी दोकान बोकेर ल्याउने ठेला दोकान जस्तै हो।कसैलाई ढाड दुख्ने विमार ल्याउँछ कसैलाई वादको बिमारले हिँड्नु नसक्ने बनाउँछ जसरी आज अनेक बिमार शरीरमा आउँछ अनि चाइनिज बिमार भन्दै हामी फ्लाक्नु थाल्छौँ । थाहा छ चाइनिज माल बजारमा धेरै दिन टिक्दैन उदाहरण कोरोना हेर्नू त हाल कता पुग्यो पुग्यो… तर पनि हामीलाई खै ! किन मन पर्छ ? आज विश्व बजार सस्तो दोकान खोल्नुमा मस्त छ । हामीलाई क्षणिक स्वाद खुवाउनुमा लागेको छ । हामी रमाइलो मान्दै किन्नुमा छौँ । यो किन्ने नकिन्ने क्रेता अनि विक्रेता बिचको कुराभित्र पसेर मलाई कुनै लफडा गर्नु मन छैन । समान उसको पैसा तपाईंको… म बिचमा बसेर मध्यस्थताको काम गर्ने कुनै चम्चा पनि त होइन । यति हो रस्ताका माल सस्ता पर भने झैं सस्तोले पखाला चल्छ । पखाला चल्नु भन्दा पहिला सतर्कता अपनाउनु जति राम्रो केही होइन भनेर सुझाव दिनु सक्छु । खैनीले क्यान्सर हुन्छ जान्दाजान्दै पनि खैनी उत्पादन हुन्छ । नखानुहोस् है भनेर सुझाव दिने काम मेरो हो, अब खैनी उत्पादन हुने खेती नै उखाल्ने कामको जिम्मा लिएर बसेका धेरै विभागहरू छन कि कसो ।

के साह्रो आरिसे भनेर खानेलाई खानु दिनु नि भन्दै सोच्छु फेरि कताकताको कुरा आज नै गरेर सक्छ कि क्या हो भनेर नसोच्नु  कुरा गर्दा नै ट्याक्स लाग्ने भए सबै भन्दा ट्याक्स भर्नेमा मेरो नाम पनि सरकारी खातामा आउथ्यो । धन्न कुरा अनि विचार पोख्ने यो कलमलाई अलिकति छुट चैँ दिएको छ धन्न है… । आज जस्तै भए पनि जाडो छ, अरूले नबोलाए पनि मलाई चैँ ओछ्यानले बोलाउनु थाल्यो लु म त लागे सिरक ओड्नु तपाईंले जाडो कसरी भगाउनु हुन्छ त्यही उपायबारे सोच्नु होला ।

०००
सिलगढी, दार्जिलिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु
बुद्धिजीवी

बुद्धिजीवी

कृष्ण शर्मा सुमु
अङ्ग्रेजीकाे मार

अङ्ग्रेजीकाे मार

कृष्ण शर्मा सुमु
हतार छ

हतार छ

कृष्ण शर्मा सुमु
इंग्लिसको मार

इंग्लिसको मार

कृष्ण शर्मा सुमु
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी
विरासत

विरासत

अशोककुमार शिवा
सम्झौता

सम्झौता

श्रीप्रसाद पाेखरेल