साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजीकाे मार

ठुटे अङ्ग्रेजी बाेल्नेले निकै सम्हालिँदै भन्यो- `होइन कि भाइ त्यो विदेशीले मलाई यसो पाे भन्यो- यति राम्रो अङ्ग्रेजी बोल्ने यस्तो ज्ञानी मानिस किन यो गाउँमा बसेको ?´

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

एकजना मानिस विदेशबाट घर फर्केछ । उसले धेरै अनुभव भन्दा पनि धेरै नकल गर्न सिकेर आएछ। जोसँग बोल्दा पनि ठुटे अङ्ग्रेजी बोल्ने भएर होला, उसको अङ्ग्रेजी नबुझेर गाउँ घरका साधारण छिमेकी उसकाे अनुहार मात्रै हेरेर हाँस्थे।

यस्ताे अङ्ग्रेजी ज्ञान भएको ऊ मात्रै थियो भन्दा हुन्छ त्यो गाउँमा …..।

एकदिनको कुरा गाउँको समस्या अनि समस्याको हल गर्नुको निम्ति एकजना विदेशी यात्री त्यही गाउँमा आएछ।विदेशी यात्रीले भनेको कुरा कसैले नबुझेपछि गाउँलेले त्यही ठुटे अङ्ग्रेजी बोल्नेलाई विदेशीसित बोल्ने अनुरोध गरेछन्।
उसले पनि भाव खोज्दै भए पनि विदेशीसित बोल्नु पुगेछ। जे भने पनि उसले एस एस, नाे नाे (yes yes, no no) मात्रै भनेको भन्यै गरेछ ।

विदेशीले बुझ्यो यसलाई अङ्ग्रेजी नआउने रहेछ। यसले गाउँलेलाई ठगेको अनुमान लगाएपछि विदेशीले उठेर एक झापट दिएछ।

विदेशीसित गाउँको समस्याको विषयमा कुरा हुन नसकेको विषय लिएर विदेशी त्यस गाउँबाट गयो।

यता ठुटे अङ्ग्रेजी बोल्नेले मार खाएको देखेर एउटा भाइले सोध्यो `दाजु तपाईंलाई झापट पाे हानेर गयो, आखिर तपाईं दुईको बिचमा के बात भयो र ?

ठुटे अङ्ग्रेजी बाेल्नेले निकै सम्हालिँदै भन्यो- `होइन कि भाइ त्यो विदेशीले मलाई यसो पाे भन्यो- यति राम्रो अङ्ग्रेजी बोल्ने यस्तो ज्ञानी मानिस किन यो गाउँमा बसेको ?´

तब झापट चैँ किन हानेको त दाजु त्यसले ?
उसले जवाफ दियाे – मलाई विदेश हिँड भन्यो । मैले भनिदिएँ- गाउँ नै प्यारो छ । म किन जानु विदेश ? भन्दा मोराले हिँड कि हिँड, यी लठुवाहरूसित नबस भन्यो। तब मलाई रिस उठ्यो । गाउँमा यो कुरा भने तेरो पाता कस्छ भनेपछि तँ लाटाे रहेछस् भनेर पाे झापड हानेको ।

यसाे भन्दै ऊ घरतिर लाग्यो।

०००
सिलीगुडी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
0
Would love your thoughts, please comment.x
()
x