साइबर अपराध सम्बन्धी सचेतना सामग्री

“बा” (काव्यांश- १६)

आफ्नै हुन्छ परम्परा हित हुने भेटिन्न उम्दा अरू । रक्षा गर्न जुटे भलो नर भनी आफ्नै बँच्यो आबरु ।। अर्काका वशमा फसे जुनी गयो हेक्का मनैमा लिनू । जोगी सन्त विचार गर्नु तिनको माना भरी अर्पनू ।।

Nepal Telecom ad

दीनानाथ पाेखरेल :

विधाता हो पापी विधि बह हुने रच्दछ किन ?
सधैँ पार्छन् निम्जो सकस अति बढ्छन् हरछिन ।।
बनाएको रोगी तनगति लुलो हुर्मत लिन ।
बढे शङ्का भारी मन जलन पार्दै छिनछिन ।।१३५।।

खुसी भत्क्यो आफ्नो सकस मन बढ्दा अतिशय ।
खुसी भाग्दा टाढा थरथर डरी बढ्दछ भय ।।
कहाँ दुख्छन् बाबा ? पिर बह भरी बुझ्नु कसरी ?
कहाँ दिन्थ्यो थाहा कुपित मनको दैव नठगी ?१३६।।

बोकूँ हात खुँडा डटेर म लडूँ त्यो काल टुक्रा गरूँ ।
आफैँ अग्नि जलाउँदै सब डढोस् होमूँ र हाँसो भरूँ ।।
काटी टुक्टुक नून चूक म छरूँ त्यो काल रोओस् लडी ।
मारूँ मार्न सकिन्छ मान्छ मन यो आशा अनौठो बढी ।।१३७।।

आशास्तम्भ ढल्यो गयो पर भयो छाती जलेको म छु ।
त्यो हो काल विधान दैव खुदको भन्छन् सबैले न छो ।।
दैवी बन्धन बुझ्न खोज्न सहसा विज्ञान लागोस् अब ।
छेकी काल हटाउने पथ मिले सम्पूर्ण रम्थ्यो भव ।।१३८।।

जान्ने विज्ञ बडो बनेर म घुमेँ लड्दा बनेँ बालक ।
यो जम्मै विधि फेर्न शक्ति नभए के गर्नु खै बक्बक ।।
के सामर्थ्य बिना बडो छु म भनूँ सेखी न हो रिक्त यो ।
हेर्दा यो सब छक्क मान्छ बबुरो खोक्रो बुझी धाक यो ।।१३९।।

औँसीझैँ बनिए सबै पलहरू कालो अँध्यारो बढी ।
मायाले दिल घोच्छ पोल्छ लुछ्दै छ छाती गढी ।।
भाग्यो शक्ति सबै निरर्थक बनी के काम के चाहियो ?
जानै पर्दछ टार्न सक्छ कसले यो ज्ञान ता पाइयो ।।१४० ।।

यौटा खास कुरा ल सुन् अघि पिता भन्थे खुलाई सब ।
नासिन्छन् सब जीव यो अवनिका त्यागेर जान्छन् भव ।।
मात्रै विश्व गुणी सुकर्म यदि होस् बाँच्नेछ वर्षौँ तक ।
आफ्ना लागि त बाँच्न जान्दछ किरा रोजेस् परार्थी पथ ।।१४१।।

मान्छे ज्ञान विवेक चिन्दछ भनी उम्दा भयो भन्दछन् ।
खट्दै नित्य अभाव मेट्न नसके लाछी सरी गन्दछन् ।।
उठ्नै पर्छ उँभो परार्थ हितमा सत्कर्म पस्केपछि ।
मान्छे पाउँछ नित्य मान जनको सुध्रन्छ आफ्नै गति ।।१४२।।

आफ्नै हुन्छ परम्परा हित हुने भेटिन्न उम्दा अरू ।
रक्षा गर्न जुटे भलो नर भनी आफ्नै बँच्यो आबरु ।।
अर्काका वशमा फसे जुनी गयो हेक्का मनैमा लिनू ।
जोगी सन्त विचार गर्नु तिनको माना भरी अर्पनू ।।१४३।।

पाइन्थे गुणज्ञान योग्य हितका यी दिन्छ कल्ले खुली ?
मेरो चेत अनेक बोक्छ बह यी त्याग्दैन अन्तै डुली ।।
यौटा मानव योग्य पार्न युगको बाटो बतायौ तर ।
तानी दूर लगेर रम्छ यम त्यो खुल्दैन हाँसो घर ।।१४४।।

०००
सूर्यविनायक भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
0
Would love your thoughts, please comment.x
()
x