साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो बस्छु टाढै बरू

उठ्छन् प्रश्न जहाँतहाँ मुलुकमा छन् अस्मिता मारमा बोकी द्वेश नशालु छन् अफिमका निर्लिप्त व्यापारमा स्वार्थी हात फिँजाउने खलकका छन् चाल बेग्लै अरू मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

मस्तीको मनसाथ रम्छ दुनियाँ छन् भोजमा रञ्जन
प्यालाको मदिरा छ राम रमिता चर्को उहीँ गुञ्जन
अर्कालाई उकास्नु पोल्नु अथवा झार्ने बखेडाहरू
मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

बोलीमा छ असभ्य ताल जसमा छन् छिद्रता छुद्रता
छैनन् कोमल देख्छु कर्कश सदा लुक्छन् कठै ! भद्रता
नाङ्गा नाच उदात्त छन् मतलबी के छोप्नु हो आबरू
मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

जानाजान विचारमा जिरहका नारा उकेल्नेहरू
तोडी ऐक्य समाजमा छ कटुता कोर्छन सलाई अरु
ओरालो भिरमा खसाल्न सहसा लाग्ने फटाहाहरू
मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

उठ्छन् प्रश्न जहाँतहाँ मुलुकमा छन् अस्मिता मारमा
बोकी द्वेश नशालु छन् अफिमका निर्लिप्त व्यापारमा
स्वार्थी हात फिँजाउने खलकका छन् चाल बेग्लै अरू
मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

गाँजा भाङ चुरोट खान्न मदिरा सोझो अझै हुन्छु म
आफ्नै काम र साधनासँग रमी सामान्य नै हुन्छु म
काला चित्त लिई सफेद रङमा छन् छेउ सर्दै अरू
मेरा लागि सबै सबै जहर हुन् भो बस्छु टाढै बरू ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x