साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षक आन्दोलनकाे उपलब्धि

जसले जे भने पनि पार्टीको झाेला बाेक्न कसैले छेक्दैन । बा, दाइ र भाउजूहरूलाई सलाम ठाेक्न कसैले राेक्दैन । अरू केही नभए चाैरासीमा गइन्छ । नेता भइन्छ । संभावनाहरू हजार छन् ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

आदरणीय गुरूहरू !
सबैमा सम्मान

आदरणीय गुरूहरू ! हामी गुरु हाैं । गुरूकाे गहनता र महानतालाई हामीले नै बुझ्न सकेनौं भने कसले बुझ्ने ? त्यसैले सर्वप्रथम हामीले आफैंले आफैंलाई चिनाैं र अरूलाई चिनाओैं ।

चाहेर काेही गुरु बन्न सक्दैन । हामी ठूलाे साैभाग्यले गुरु बन्न पाएका छाैं । “सन्ताेषम् परम् सुखम् ” पढ्ने पढाउने हामी नै असन्तुष्ट हुने हाे भने संसारबासीले के सिक्दछ ? त्यसैले हामीसँग जे छ त्यसमै सन्तुष्ट हुनु पर्दछ । व्यक्तिगत सुख,सुविधा र स्वार्थमा लाग्नु हुँदैन । हामी त्यसमा लागेका पनि छैनाैं ।

गुरु त्यस्तो मैनवत्ती हाे जाे आफू जलेर अरूलाई उज्यालो प्रकाश दिन्छ । त्यसैले हामी जल्न सिकाैं । अँध्यारोमा बल्न सिकाैं ।महान त्याे हाे जाे आफू मरेर भए पनि अरूलाई बचाउँछ ।

हाे हामी आन्दाेलित अवश्य भयाैं । याे आन्दोलन हाम्रा लागि थिएन । देशका लागि थियाे । पेशागत गाैरवका लागि थियाे । देशकाे शिक्षा सुधारका लागि थियाे । संसारबासीलाई केही सिकाउनु थियाे । नयाँ पाठ पढाउनु थियाे । हाम्राे क्षमता देखाउनु थियाे । प्रतिभा प्रस्फुटन गराउनु थियाे । काेरा किताबी ज्ञानमा विश्वास गर्नेहरूका रित्ता दिमागमा नाैलाे सन्देश छिराउनु थियाे ।

हामी जैविक प्राणी हाैं । प्रकृतिका अभिन्न अंग हाैं । स्कुलका चार पर्खालभित्र सिमित हुनुहुँदैन भन्ने हाम्रो मान्यता हाे । हामी त्यस्ता महर्षिहरूका सन्तान हाैं जाे घाेर जंगलमा तपस्या गरेर ज्ञान ग्रहण गरे । बुद्धत्व प्राप्त गरे । ज्ञानकाे ज्याेति संसारभर छरे । हामीले त्यहीँ प्राचीनतालाई नवीन ढंगले अवलम्बन गर्याैं । सडकलाई खुला शिक्षालयका रूपमा रूपान्तरण गर्याेैं ।

आदरणीय गुरूहरू ! शिक्षालाई कला र विज्ञानकाे समिश्रण मानिन्छ । शिक्षकलाई कलाकार र वैज्ञानिक दुवै ठानिन्छ । हामीले यहीँ मान्यतालाई स्थापित गरेका छाैं । त्यसकै लागि लागिपरेका हाैं ।

कसैले भनें “शिक्षक आन्दाेलन के का लागि ? यसकाे जवाफ पनि हामीसँगै छ ।देशमा थुप्रै राजनीतिक परिवर्तन भए । पञ्चायती व्यवस्था ढालेर प्रजातन्त्र , लाेकतन्त्र हुँदै गणतन्त्रकाे गाडामा चाैवन्न वर्षअघिको शिक्षा ऐन गुडाइनु हुन्न । स्थानीय तहसँग जाेडेर हामीलाई कुडाइनु हुन्न । हाम्राे भावनमा खेलेर मनस्थिति चुडाइनु हुन्न । वर्तमान शिक्षा प्रणालीमा सुधार हाेस् भन्ने नै हाम्राे माग हाे । यसका लागि बाल विकास देखि सबैलाई उचित निकास दिनुपर्छ । सधैंभरि हाइ काड्ने अबस्थाका अस्थायी, राहत, करार सबैलाई स्वत : स्थायी बनाइनु पर्छ। यस अघि पटक पटक स्वत : स्थायी भएका नजिर हाम्रा सामु छन् ।

“नाै बुँदे सहमतिकाे उपलब्धि के भयाे ?” भनेर साथीहरूकाे जिज्ञास आएकाे छ । जिज्ञासा मेटाउनु हाम्राे कर्तव्य हाे । साथीहरू ! नाै बुँदे आउनु अघि सात बुँदे आएकाे थियाे । यसले एक मन्त्रीलाई हटायाे । अर्काेलाई अटायाे । यत्राे उपलब्धि कसैले देखेन नदेखिरहाेस् । हम्रा लागि उपलब्धि नै हाे ।

सडक सङ्घर्षमा हाम्राे लाखाैंकाे समूहलाई सरकारले देख्न सकेन । पुलिसले निषेधित क्षेत्रमा राेक्न सकेन । निषेधित क्षेत्र ताेड्दै गर्दा सरकारले नै घुसपैठी खटायाे । पुलिसले थाप्ला फुटुन्जेल ठटायाे । पानीका फाेहाेरा चटायाे । याे आफैमा ऐतिहासिक उपलब्धि भएन र ?

हाम्राे आन्दोलनकै कारण व्यापार वृद्धि भयाे । हाेटल चले । भात बिक्याे । रात बिक्याे । साथ बित्याे । अस्थायी साधन बिक्री भए । साथीहरू निस्फिक्री भए । कतिका घरबार जाेडिए । कति माेडल बने । कति गायक कति बने । लाेक, पप, र्यापका साथमा सडक तातियाे । कतिका बारूले कम्मर भाँचियाे । काेही हाँसे । काेही राेए । कतिले जादु देखाए । कतिले काजुकाे तागत देखाए । सबैले सबथाेक देखाए । राजनीतिक वृत्तमा प्रतिपक्षले उक्साउने काम पाए। सत्तापक्षले सुकाउने र जिस्काउने दाउ पाए । पत्रकारको खेलाे चल्याे । युटुवरकाे भ्युज बढाउने मेलाे पाए । गुड्ने र उड्ने गाडीहरूले गाँठ कमाए । कमाउनेहरूले बिटा समाए । खर्च गर्नेहरूले पुन्पुराे समाए । यति ठूलाे उपलब्धि नदेख्नेहरूले हातमा दही जमाए भन्नू सिवाय के रह्यो र ?

जहाँसम्म नाै बुँदेकाे कुरा छ । सहमतिकाे हस्ताक्षरमा सन्देह छैन । लागू हुने नहुने देखाजाएका । ताेकिए बमोजिम तलब अवश्य बढ्छ । स्थानीय सरकारकाे फाेक्साे फुलियाे भने बालुवा पेलेर तेल निस्किन्छ । असार पन्ध्रमा दही च्युरा मजाले खाइन्छ । एक थान ऐन आए सपेटा समाइन्छ । नआए पनि सुकुटी चबाइन्छ । जसले जे भने पनि पार्टीको झाेला बाेक्न कसैले छेक्दैन । बा, दाइ र भाउजूहरूलाई सलाम ठाेक्न कसैले राेक्दैन । अरू केही नभए चाैरासीमा गइन्छ । नेता भइन्छ । संभावनाहरू हजार छन् । तालमेल गर्न जानिएकै छ । भाेटर आफ्नै खल्तीका मानिएकै छ । यता सफल नभए उता गइन्छ । उता नभए अझै उता गइन्छ ।

साथीहरू ! हामी उपलब्धिकाे चाङमाथि चढेका छाैं । गतवर्षभन्दा एक कदम अगाडि बढेका छाैं । सहमतिका दस्तावेजहरू थपिएका छन् । के याे उपलब्धि हाेइन र ? त्यसैले हात्ती आयाे फुस्सा भन्नेहरूलाई दरिलाे घुस्सा दिनुहाेला ।

शिक्षक साथीहरू ! हाम्राे आन्दोलन अन्य आन्दोलनहरूभन्दा विशिष्ट भएकाे छ । उन्नाइस दिने आन्दोलनभन्दा एक कदम अगाडि गएकाे छ । कि “जितिन्छ कि बितिन्छ !” ले सार्थकता पाएकाे छ । वैचारिक जगतमा उभार आएकाे छ । हाम्राे आन्दोलनकाे सुनामीले सन्नटा छाएकाे छ । भन्नै पर्दा सरकारकाे तर्फबाट उधारो नै सही आश्वासनकाे वहार आएकाे छ ।

साथीहरू ! हामीले आन्दोलनमा नाराहरू निकै लगायाै । जिन्दावाद र मुर्दावादका साथ आवाज घन्कायाैं । अब एकपटक उपलब्धिकाे सुनिश्चितताका लागि सबैले एकसाथ भनाैं –
“शिक्षक ए कता ?”
“जिन्दावाद”

०००
रेसुङ्गा न पा २ गुल्मी
२०८२।०१।२०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x