साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्राे आवाज

पद प्रतिष्ठा र पावरको महाभारत या शिवालिक होइनौ रै पनि तिमीलाई यस्तो लाग्छ भने तिमी आफ्नै दम्भमा रमाइराख हामी नबल्नु बलिसके पछि पुरै पग्लिएर बिश्राम लिनेछौं ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

तिमी मनोबल देउ या नदेउ
या मनलाग्दो अपमान गर
या हामीलाई अमर्यादित परिभाषा गर
नबल्नु बलिसकेपछि
पुरै पग्लिएर विश्राम लिनेछौं ।

हिजो तिमीले नै हो हामीलाई उक्साएको
स्वतन्त्रता र न्यायको नारा दिएर
हाम्रा झुप्राहरुमा
अन्यायका विरुद्ध
न्यायको कुपी बाल्न लगाएको
हामीले त्यसै गर्यौं
हरेक झुप्रा बलेंसीबाट छिरेर
मझेरी र मूल ओछ्यानमै बसेर
अन्यायका विरुद्ध विगुल बजायौं
त्यसका विरुद्ध तिमीलाई अघि सार्यौं
तिनलाई झार्यौं र तिम्लाई त्यहाँ पुर्यायौं
तर आज
तिम्रा घुस्याहा कर्मचारीको चटनी चाटेर
तिम्रा जाली ठेकेदारको केक काटेर
हामीलाई अपमानित नाम दिन्छौ भने
हामीलाई असभ्यता पस्किन्छौ भने
हामी पनि स्वभिमानको परीक्षा दिनेछौं
नबल्नु बलिसकेपछि
पुरै पग्लिएर विश्राम लिनेछौं ।

होला ,हामी पनि दोषी छौं होला
तर बेइमान छैनौं
परिवर्तन हाम्रो पनि चाहना हो
यस प्रति कुठाराघात गर्दैनौं
तिमी अगुवा हौ
तर मालिक होइनौ
पद प्रतिष्ठा र पावरको
महाभारत या शिवालिक होइनौ
रै पनि
तिमीलाई यस्तो लाग्छ भने
तिमी आफ्नै दम्भमा रमाइराख
हामी नबल्नु बलिसके पछि
पुरै पग्लिएर बिश्राम लिनेछौं ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x