साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको मन्त्र

दिनकै रणतन्त्र बढी रहने तर मन्त्र भने गणतन्त्र हुने षडयन्त्र र यन्त्र विकास हुँदा अब मन्त्र भए रहने अधुरा ।

Nepal Telecom ad

काशीनाथ मिश्रित :

हुकुमी अब शासन छैन यहाँ
अधिनायकवाद रहेन यहाँ
न निरङ्कुशतन्त्र रहेछ यहा
खिचलो किन व्याप्त भएछ यहाँ !

अनुशासनहीन छ शासन यो
कशिपू शकुनी र दुशासनको
उपमा दिन योग्य भए अगुवा
लत छोड्न गए बिचमै भगुवा ।

महँगी शिरमा थपियो दिनहुँ
जनता सबको कति कष्ट कहूँ
जनता भनि नित्य दुहाइ दिने
व्यवहार भने छ रुवाइदिने ।

मुखमा न छ माड न एक धरो
दुखियाजनको न छ एकसरो
घरबार कहाँ छ कहाँ तिनको
सरकार बन्यो अब ता यिनको ।

रणतन्त्र कि यो गणतन्त्र भनौँ
’जन‘ शब्द थपेर खिसी नगरौँ
जन ता जनता सबलाइ भनौँ
निमुखा जनलाइ भने नभनौँ ।

अदना अबला असहायहरू
गर काल निमन्त्रण झट्ट बरु
जनजीवन सङ्कटमा पुरियो
गणतन्त्र भने धुरिमा चुलियो ।

दिनकै रणतन्त्र बढी रहने
तर मन्त्र भने गणतन्त्र हुने
षडयन्त्र र यन्त्र विकास हुँदा
अब मन्त्र भए रहने अधुरा ।

अनुहार नयाँ र विचार नयाँ
उपचार नयाँ व्यवहार नयाँ
नहुँदातक देश हुँदैन नयाँ
अब तन्त्र तुरुन्त गराउ नयाँ ।

०००
हालै प्रकाशित स्वर्णिम सपना कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
आगलागी झुपडी डेढ घडी भद्रा

आगलागी झुपडी डेढ घडी...

काशीनाथ मिश्रित
बहुदल पार्टी

बहुदल पार्टी

काशीनाथ मिश्रित
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x