साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लघु व्यङ्ग्य

लासको पोस्टमार्टम हुँदा डाक्टरहरूले उसको छातीमा कतै पनि हृदय भन्ने कुरै पाएनन् । उनीहरू यो मान्छे हृदयविना कसरी बाँचिरहन सक्छ भनेर जिल्ल परिरहे ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. रोटी

प्रजातन्त्रका राजाले जहाँगिरले झैँ आफ्नो महलका अगाडि सिक्री झुन्ड्याएका थिए अनि जसले फिराद गर्नु छ उसले यो सिक्री तान्नुपर्नेछ र त्यसपछि राजासाहेब स्वयम्‌ले फरियाद सुन्नुहुनेछ भन्ने घोषणा पनि गराएका थिए ।

एक दिन अत्यन्त दुब्लो तथा कमजोर मान्छे धङधङाउँदै त्यहाँ आयो अनि उसले बल्लबल्ल सिक्री तान्यो । प्रजातन्त्रका राजाले तुरुन्तै महलको बार्दलीमा आएर भने, ‘भन याचक, के चाहियो तिमीलाई ?’

याचकले भन्यो, ‘राजा, तिम्रो राजमा हामी भोकै मर्दै छौँ । हामीले अन्नको दानो पनि पाएका छैनौँ । मलाई रोटी चाहियो । मैले कैयौँ दिनदेखि अन्न खान पाएको छैनँ । म रोटी माग्न आएको हुँ ।’

राजाले निकै सहानुभूतिपूर्वक भने, ‘भाइ, तिम्रो दुःखले त मेरो मनै पगाल्यो । म तिम्रो रोटीको समस्यालाई लिएर आजै एउटा उपसमिति गठन गर्छु । तर तिमीसित मेरो के अनुरोध छ भने उपसमितिको प्रतिवेदन नआउँदासम्म तिमी नमर्नू ।’

२. दुःख

एउटा कार्यालयका कर्मचारी त्यस दिन निकै दुःखी थिए । उनीहरूमध्येकै एक जनाको सरुवा भएको थियो । त्यो व्यक्ति निकै असल थियो । कर्मचारीहरूले उसको विदाइसमारोहको आयोजन गरे । कैयौँ साथीहरूले भाषण गर्दै भने, ‘आज हामीलाई हाम्रै साक्खै भाइ हामीसित टाढिँदै गरेको जस्तो अनुभूति हुँदै छ ।’

एउटा मान्छे एउटा कुनामा बसेर रुँदै थियो । उसका आँसु रोकिन मान्दैनथे ।

उसलाई कसैले भन्यो, ‘के हो यार, यो मान्छे जान लागेको कुराले सबैभन्दा बढी पिर त तिमीलाई नै परेजस्तो छ त ?’
‘अँ !’ उसले सुँकसुँक गर्दै भन्यो ।
‘उसो भए यिनलाई तिमी नै बढी मन पराउँथ्यौ होला नि !’
‘हैन, हैन । त्यो कुरो हैन ।’
‘उसो भए किन यति रोइरहेका छौ त ?’

उसले अवरुद्ध कण्ठले भन्यो, ‘यो साला त बढुवा भएर जाँदै छ के !’

३. हृदय

एउटा मान्छेले उसले जुनसुकै काम पनि हृदयको बोली सुनेर गर्छ भनेर भन्थ्यो । ऊ एउटा कलेजको प्रिन्सिपल थियो । उसले कुनै अज्ञात कारणवश एक जना योग्य प्राध्यापकलाई हटाएर त्यस ठाउँमा अर्को अयोग्य व्यक्तिलाई नियुुक्त गर्‍यो । जब उसलाई यसको कारण सोधियो अनि उसले भन्यो, ‘मेरो हृदयले नै यसो गरेमा संस्थाको हित हुनेछ भनेर भनेको थियो, त्यसैले यसो गरेको हुँ । उसले एउटा पिउनको एक साताको तलब काट्यो ।

हृदयकै आवाजमा उसले एउटी केटीको बिहे एउटा बुढासित गराइदियो । त्यसमा पनि उसले हृदयको आवाजलाई नै कारण बतायो । उसले हृदयको आवाज सुनेर गर्ने काम यस्तैखाले हुन्थे । उसको धाक पनि निकै थियो । कति मान्छे होलान् जसले हृदयको आवाज सुनेर काम गर्छन् होला ।

एक दिन एउटा दुर्घटनामा उनको मृत्यु भयो ।
लासको पोस्टमार्टम हुँदा डाक्टरहरूले उसको छातीमा कतै पनि हृदय भन्ने कुरै पाएनन् । उनीहरू यो मान्छे हृदयविना कसरी बाँचिरहन सक्छ भनेर जिल्ल परिरहे ।

पुरै शरीरमा खोजियो । निकै खोजीपछि बल्ल उसको हृदय उसको पैतलामा भेटियो ।

०००
लघु आकारका यी व्यङ्ग्य रचनाहरू ‘परसाई रचनावली– २’ अन्तर्गत ‘लघु कथाएँ’बाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x