साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नथाम्ने भयो देशले राजनीति

यहीँ चोरडाँकाहरू भोट जित्छन् कठै बुद्धिजीवीहरू पाउ मिच्छन् हरायो पुरानो मिली बाँचनीति नथाम्ने भयो देशले राजनीति ।

Nepal Telecom ad

बिन्दु दहाल मुकदर्शक :

कतै चल्छ नारा उठौँ सर्वहारा
त्यहीँ देख्छु कैयौँ छुसी कर्महारा
अझै बढ्न थाल्यो यहाँ लाजनीति
नथाम्ने भयो देशले राजनीति ।१

यहीँ अग्नि झोस्छन् लु खा देश भन्दै
समाएर कुर्सी बुढो बस्छ कन्दै
युवा पारि लाग्ने सधैँ बढ्छ रीति
नथाम्ने भयो देशले राजनीति ।२

यहीँ चल्छ दादागिरी लाजमर्दो
सधैँ देशको हाल देखिन्छ झर्दो
लिए खोकिलामा वृथा बाजनीति
नथाम्ने भयो देशले राजनीति ।३

इमानीहरू भोग्दछन् जेलखाना
फटाहाहरू पाउँछन् हा ! रमाना
बढ्यो एकतामा झुटा भाँजनीति
नथाम्ने भयो देशले राजनीति ।४

यहीँ चोरडाँकाहरू भोट जित्छन्
कठै बुद्धिजीवीहरू पाउ मिच्छन्
हरायो पुरानो मिली बाँचनीति
नथाम्ने भयो देशले राजनीति ।५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x