साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लफडाष्टक

गजबको लफडामा चुमरे यो पर्‍यो, मै हुँ भन्न छोड्या छैन लफडे पो भयो ।

Nepal Telecom ad

१. लाग्ने भए कुराहरू भुत्ते भए छुरा
मान्छे भने नपुम्सक कुरा भने जुरा ।

२. उदेक नै भयो चङ्खे अझै रौसे रे’छ
जति थिच यो सर्प त ठाडो हु“दो रे’छ ।

३. हाम्रो चन्द्रे अचेल त जान्ने-बुझ्ने भै’छ
पत्रकार भई साह्रै बुझ्झकी भै’छ ।

४. प्रजातन्त्र- पाठ घोक्ने फेरि हावा चले’छ
‘भिड-तन्त्रे’ बाटो पछि ‘मेल-तन्त्रे’ भे’छ ।

५. ‘तगडा’को कुरा चर्को ‘झगडा’को चर्को
धुम्म तथा निधुम्मको नयाँनयाँ लर्को ।

६. भिडभाड जता-तता विजुवाकै भिड
ढ्याङ्ग्रो ठोक्ता के हुन्न र लठुवाकै भिड ।

७. जाग्ने भए सुतेका ती सुताहाको हुल
सिस्नोपानी लगाउने अर्को भयो हुल ।

८. गजबको लफडामा चुमरे यो पर्‍यो
मै हुँ भन्न छोड्या छैन लफडे पो भयो ।

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
गजवाष्टक

गजवाष्टक

चूडामणि रेग्मी
लफडाष्टक

लफडाष्टक

चूडामणि रेग्मी
दृढ छु म साथी ! 

दृढ छु म साथी...

चूडामणि रेग्मी
उस्तै ! उस्तै !

उस्तै ! उस्तै !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x