गजवाष्टक
जाग्ने भए सुतेका ती सुताहाको हुल सिस्नोपानी लगाउने अर्को भयो हुल । गजबको लफडामा चुमरे यो पर्यो मै हुँ भन्न छोड्या छैन लफडे पो भयो ।
चूडामणि रेग्मी :
१. लाग्ने भए कुराहरू भुत्ते भए छुरा
मान्छे भने नपुम्सक कुरा भने जुरा ।
२. उदेक नै भयो चङ्खे अझै रौसे रे’छ
जति थिच यो सर्प त ठाडो हुँदो रे’छ ।
३. हाम्रो चन्द्रे अचेल त जान्ने-बुझ्ने भै’छ
पत्रकार भई साह्रै बुझ्झकी नै भै’छ ।
४. प्रजातन्त्र- पाठ घोक्ने फेरि हावा चले’छ
‘भिड-तन्त्रे’ बाटो पछि ‘मेल-तन्त्रे’ भे’छ ।
५. ‘तगडा’को कुरा चर्को ‘झगडा’को चर्को
शुम्भ तथा निशुम्भको नयाँनयाँ लर्को ।
६. भिडभाड जता-तता विजुवाकै भिड
ढ्याङ्ग्रो ठोक्ता के हुन्न र लठुवाकै भिड ।
७. जाग्ने भए सुतेका ती सुताहाको हुल
सिस्नोपानी लगाउने अर्को भयो हुल ।
८. गजबको लफडामा चुमरे यो पर्यो
मै हुँ भन्न छोड्या छैन लफडे पो भयो ।
०००
झर्रो नेपाली घर, चन्द्रगढी, झापा
Subscribe
Login
0 Comments
Oldest