साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्य-व्यङ्ग्य मूलमन्त्राष्टक

लासा जाने कुत्ती गयो ! भर्याङ चढ्ने लड्यो ! मासु खान झुत्ती खेल्ने ! हड्डी टोक्न पुग्यो !, कारटुनमा बाङ्गा रेखा साहित्यमा टुक्रा जोड-जाड विधा-सिधा फोर्दै के-के लेख ।

Nepal Telecom ad

।।१।।
हँसाउने, बाङ्गो छेड्ने कविता लौ ! लेख
घिउ-भात खान जाने जस्तै हो लेख

।।२।।
अचेल त कति-कति हास्य-व्यङ्ग्य कवि !
कस्तो अल्छे ! गोरुवर ! भएका छौ तिमी

।।३।।
नेप्टो नाक, थेप्चो मुख यस्तै-उस्तै लेख
भुँडीभित्र नाइटो छ यस्तै-कस्तो लेख

।।४।।
गाई ब्यायो ! हैन गुरु ! गोरु ब्यायो ! लेख
भात पाक्यो ! हैन हुस्सु ! भुस पाक्यो ! लेख

।।५।।
लासा जाने कुत्ती गयो ! भर्याङ चढ्ने लड्यो !
मासु खान झुत्ती खेल्ने ! हड्डी टोक्न पुग्यो !

।।६।।
कारटुनमा बाङ्गा रेखा साहित्यमा टुक्रा
जोड-जाड विधा-सिधा फोर्दै के-के लेख

।।७।।
भिरबाट भैंसी हैन सोझो कवि लड्छ
सोझो-सिधा नबङ्ग्याए ठहरनै पर्छ

।।८।।
दौरा-टोपी सुरुवाल-कोट भिर्ने कवि
भुत्रो कवि ! जेन्टलम्यान ! खिचडी नै लेख ।

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
गजवाष्टक

गजवाष्टक

चूडामणि रेग्मी
लफडाष्टक

लफडाष्टक

चूडामणि रेग्मी
लफडाष्टक

लफडाष्टक

चूडामणि रेग्मी
दृढ छु म साथी ! 

दृढ छु म साथी...

चूडामणि रेग्मी
उस्तै ! उस्तै !

उस्तै ! उस्तै !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x