साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सदिच्छा

यता लाग्दछन् वा उता लाग्न थाले सधैँ हेर दोधार छन् लालुपाते कि हुन् छद्मभेषी कि यी ढुल्मुले हुन् जता जे सुकै हुन् बिगार्ने यिनै हुन् !!

Nepal Telecom ad

जहाँ रूप हेरेर दाँजिन्छ फूल
र भन्छन् उही फूल नारी स्वरूप
घमन्डी हुने रूपको हुन्छ चर्चा
गुनी रूपले गर्न जान्दैन ईर्ष्या !!

छ ईर्ष्या सधैँ फूलको फूलमाथि
बनेनन् यहाँ फूलका फूल साथी
चमेली कहाँ सुन्दरी छे म भन्दा
भनी बागमा फिस्स हाँस्दैछ चम्पा !!

नयाँ कोपिलाले यहाँ फुल्न खोजे
नयाँ मित्रका साथमा भुल्न खोजे
ठुली फूल जो फक्रिएकी छ पैले
उही रोक्न खोज्छे बुझौँ है सबैले !!

जहाँ फूलको शत्रु नै फूल हुन्छन्
जहाँ फूलको दुःखमा भृङ्ग रुन्छन्
स्वयम् हेप्दछन् फूलले फूललाई
तिनै दोष दिन्छन् सधैँ भृङ्गलाई !!

यता लाग्दछन् वा उता लाग्न थाले
सधैँ हेर दोधार छन् लालुपाते
कि हुन् छद्मभेषी कि यी ढुल्मुले हुन्
जता जे सुकै हुन् बिगार्ने यिनै हुन् !!

कुनै फूल सासू बुहारी कुनै छन्
सधैँ खेल खेल्छन् जुहारी तिनै झन्
कतै नन्द थप्छन् कुरामा कुराले
कुनै बुन्दछन् जाल झैँ माकुराले !!

सदिच्छा छ मेरो सबैको भलाइ
सधैँ साथ होस् फूलको फूललाई
फुली फूल आनन्दले हाँस्न पाऊन्
र मान्छे सधैँ फूल हेरी रमाऊन् !!

मेनपा-१३, चारआली, झापा
हाल : बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x