साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौँको भोक

गनाउने दूषित वायु खाएर पनि अघाएन यसैले काठमाडौ सधैँ भोकाएको छ सुरसाको जस्तो मुख बाएको छ आँ....

Nepal Telecom ad

भोक भनेको आखिर भोकै हो
भोक मार्न ता खाना चाहिन्छ
कसैलाई चाना चाहिन्छ कसैलाई दाना चाहिन्छ
कसैलाई एक पाउले हुन्छ भने कसैलाई चारमाना चाहिन्छ
प्राणी त भोकाउँछ भोकाउँछ
भोकाउने प्राणी के कुरा भो र
प्राणीबाहेक अब त
काठकाडौ पनि भोकाएको छ
भोकले सारै सोगाएको छ
यसको भोकलाई अलिकतिले कहिल्यै छुँदैन
अलिकति खाएर कहिल्यै अघाउँदैन ।
कोतपर्व र भण्डारखालको बली खाएर पनि अघाएन
नारानहिटीमा नरवलिको मार हानेर पनि अघाएन
उसको भोक जसले जे खुवाएर पनि भगाएन
धररा स्वात्तै निलेर पनि अघाएन
माटो ढुङ्गा खाएर पनि उसले आत्मतृप्ति पाएन
ढुङ्गे धारा पाटी र सत्तल खाएर पनि अघाएन
बागमती विष्णुमती इच्छुमती र केके मतीहरुको
डिल निलेर पनि अघाएन
चोखो अक्सिजन त उहिल्यै खाइसकेकै हो
गनाउने दूषित वायु खाएर पनि अघाएन
यसैले काठमाडौ सधैँ भोकाएको छ
सुरसाको जस्तो मुख बाएको छ
आँ….
यसले खाने नखाने पनि खाएको छ
हन्तकालीकै पगरी पाएको छ
दाँत फुक्लेको थोते मुखले
जे मकमक चबाएको छ
दुरुङ् छोइला कचिलाको बजार
पेटभित्र फिँजाएको छ
हाजमोला नखाए पनि
पेटमै सबै थोक पचाएको छ
जन्डिसले पँहेलिए पनि मस्त छ
हजारौ रोगहरुको कुनै वास्ता छैन
नभएका दाँतले सधै चबाउने धन्दामा व्यस्त छ
हेपटाइटिसले थलिए पनि मस्त छ
जहाँ जे पाए पनि खपाखप खान बस्तछ ।
प्रत्येक रोगलाई पचाएको छ
बागमतीको दूषित पानी पनि अचाएको छ
सुरसाको जस्तो मुख बाएको छ
आँ ….

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x