होम सुवेदीकाठमाडौँको भोक
गनाउने दूषित वायु खाएर पनि अघाएन यसैले काठमाडौ सधैँ भोकाएको छ सुरसाको जस्तो मुख बाएको छ आँ....

भोक भनेको आखिर भोकै हो
भोक मार्न ता खाना चाहिन्छ
कसैलाई चाना चाहिन्छ कसैलाई दाना चाहिन्छ
कसैलाई एक पाउले हुन्छ भने कसैलाई चारमाना चाहिन्छ
प्राणी त भोकाउँछ भोकाउँछ
भोकाउने प्राणी के कुरा भो र
प्राणीबाहेक अब त
काठकाडौ पनि भोकाएको छ
भोकले सारै सोगाएको छ
यसको भोकलाई अलिकतिले कहिल्यै छुँदैन
अलिकति खाएर कहिल्यै अघाउँदैन ।
कोतपर्व र भण्डारखालको बली खाएर पनि अघाएन
नारानहिटीमा नरवलिको मार हानेर पनि अघाएन
उसको भोक जसले जे खुवाएर पनि भगाएन
धररा स्वात्तै निलेर पनि अघाएन
माटो ढुङ्गा खाएर पनि उसले आत्मतृप्ति पाएन
ढुङ्गे धारा पाटी र सत्तल खाएर पनि अघाएन
बागमती विष्णुमती इच्छुमती र केके मतीहरुको
डिल निलेर पनि अघाएन
चोखो अक्सिजन त उहिल्यै खाइसकेकै हो
गनाउने दूषित वायु खाएर पनि अघाएन
यसैले काठमाडौ सधैँ भोकाएको छ
सुरसाको जस्तो मुख बाएको छ
आँ….
यसले खाने नखाने पनि खाएको छ
हन्तकालीकै पगरी पाएको छ
दाँत फुक्लेको थोते मुखले
जे मकमक चबाएको छ
दुरुङ् छोइला कचिलाको बजार
पेटभित्र फिँजाएको छ
हाजमोला नखाए पनि
पेटमै सबै थोक पचाएको छ
जन्डिसले पँहेलिए पनि मस्त छ
हजारौ रोगहरुको कुनै वास्ता छैन
नभएका दाँतले सधै चबाउने धन्दामा व्यस्त छ
हेपटाइटिसले थलिए पनि मस्त छ
जहाँ जे पाए पनि खपाखप खान बस्तछ ।
प्रत्येक रोगलाई पचाएको छ
बागमतीको दूषित पानी पनि अचाएको छ
सुरसाको जस्तो मुख बाएको छ
आँ ….
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest








































