साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेलाई पनि एक नमस्ते

गाईका साथमा साँढे प्रेम गर्दैथियो जहाँ, भोट माग्दै पुग्यो नेता भोट देऊ भनी त्यहाँ ।

Nepal Telecom ad

भोट माग्दछ नेताले कसरी अनि कोसँग-
भन्ने सानो कथा भन्छु, सुन्नुहोस् प्रिय साधक ।

भोट माग्दै कुनै नेता भक्त भोटरको बनी,
जो देखे नि नमस्कार गर्थ्याे भोटर हो भनी ।

सम्पूर्ण घरका मान्छेसँग ऊ हात थाप्दथ्यो,
कोक्रे बालकका साथ पनि ऊ भोट माग्दथ्यो ।

चौरी, जङ्गल, बाटामा पनि ऊ बर्बराउँथ्यो,
भोटको मात लागेर मत्तुझैं लर्बराउँथ्यो ।

गाईका साथमा साँढे प्रेम गर्दैथियो जहाँ
भोट माग्दै पुग्यो नेता भोट देऊ भनी त्यहाँ ।

साँढेलाई नमस्तेले गरेथ्यो दण्डवत् जब,
देखी नाटक नेताको साँढे छक्क पर्यो तब ।

तुरुन्त प्रेयसीलाई कोट्याएर उँभोतिर
हेरेर नाक चेप्र्याई हाँस्यो साँढे मजासँग ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x