साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको दुर्भाग्य

न इच्छा छ मेरो गई भोट हाल्न, न इच्छा घरैमा बसी खेर फाल्न, म हालूँ नहालूँ मलाई दुहुन्छन्, यहाँ भोट बेच्ने र किन्नेहरू छन् !!

Nepal Telecom ad

नखाई कनै भोक जित्नेहरू छन्
दुखाई विनै चोट जित्नेहरू छन्
कुरा भिन्नताको बुझे हुन्छ साथी
नपाई कनै भोट जित्नेहरू छन् !!

कुराले सधैँ देश सम्पन्न पार्छन्
विरोधी भए हेर छानेर मार्छन्
उचाल्ने पछार्ने कलाकारिता छ
अरूबाट कर्तव्य छिन्नेहरू छन् !!

दुखीमाथि झन् दुःख बर्सात हुन्छ
सुखी ऐशमा मोजमा हात धुन्छ
कहानी सबैको सधैँ भिन्न-भिन्न
यहाँ कर्म आफ्नो नचिन्नेहरू छन् !!

स्वयं भन्न पाए अरू चाहिँदैन
अहं बन्न पाए कसैले छुँदैन
न उद्योग खोले न ता रोजगारी
युवा शक्तिलाई निफन्नेहरू छन् !!

बिते वर्ष धेरै अझै धेर बित्छन्
सबै ठिक्क पार्ने नयाँ नीति झिक्छन्
अझै भन्दछन् देश श्रृङ्गार गर्छु
यहीँ काख आमा उधिन्नेहरू छन् !!

न इच्छा छ मेरो गई भोट हाल्न
न इच्छा घरैमा बसी खेर फाल्न
म हालूँ नहालूँ मलाई दुहुन्छन्
यहाँ भोट बेच्ने र किन्नेहरू छन् !!

समस्या जहाँको त्यहीँ आजसम्म
हिजो दाब्रिएका भए आज डम्म
डस्यो देश दुर्भाग्यको नाग आई
कहाँ छन् र नेता, सपेराहरू छन् !!

मेचीनगर, झापा, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x