साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुवाका भ्यागुताहरू

चुनाव प्रचार र विजयोत्समा उनीहरू यति उफ्रे कि, त्यो उफ्राइले कुवाको पानी सबै धमिलो भयो । तर धमिलो पानी सफा गर्ने कोहीसँग एजेण्डा थिएन ।

Nepal Telecom ad

कुवामा भ्यागुताहरू थिए । एक दिन भ्यागुताहरू बीच भ्यागुताको राजा को भन्ने विषयमा विवाद भयो । उनीहरू बीच युद्ध भयो । युद्धमैदानमा एकले अर्कोलाई पछार्न साम, दाम, दण्ड, भेद सबै नीति अख्तियार गरे । तर युद्ध कसैले जितेन, न त कसैले हार्यो । अन्ततः उनीहरू बीच सहमति भयो । चुनाव गर्ने, जसले चुनाव जित्छ उही राजा हुने ।
चुनावको मिति घोषणा भयो । उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरे । एउटा उम्मेदवारले भन्यो- कुवामा कहिल्यै पानी कमी नहुने व्यवस्था गर्छु । अर्कोले भन्यो- अन्य कुवाका भ्यागुताको आक्रमणबाट यो कुवाका भ्यागुतालाई जोगाउँछु । अझ अर्कोले भन्योे- म भ्यागुताहरूलाई काम नगरी बसीबसी खाने व्यवस्था मिलाउँछु । फेरि अर्कोले थप्यो- म भ्यागुताहरूलाई घाम ताप्ने व्यवस्था पनि मिलाउँछु ।

राजाका उम्मेदवारहरूले कुवाका भ्यागुताहरूलाई विभिन्न अश्वासन बाँडे । अझ केही उम्मेदवारहरूलले त मान्छेले झैँ भ्यागुतालाई पनि पढाएर शिक्षित बनाउने, भ्यागुताको जीवन बीमा गरिदिनेदेखि भ्यागुता बिरामी हुँदा उपचार गर्न कुवाभित्रै अस्पताल खोल्नेसम्मका अश्वासन दिए । केही उम्मेदवारहरूले त भ्यागुताका समस्याहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने समेत घोषणा गरे ।

राजाले कुवाभित्रका भ्यागुताका लागि सबै कुरा गरिदिने भनेको सुनेर भ्यागुताहरूको खुसीको सीमा रहेन । चुनावी प्रचारप्रसारमा पक्ष र विपक्षमा लागेर कुवाका भ्यागुताहरू बेसरी उफ्रन थाले । गाउन थाले, रमाउन थाले, खुसीले गद्गद् भएर नाच्न थाले ।

अन्ततः चुनाव भयो । एउटाले जित्यो, अर्को उपविजेता बन्यो, तेस्रो हार्यो । जितको खुसीयालीमा पनि भ्यागुताहरू कुवामा बेसरी उफ्रे । विजय उत्सव मनाए । जताततै भोजभतेर समेत भयो ।
चुनाव प्रचार र विजयोत्समा उनीहरू यति उफ्रे कि, त्यो उफ्राइले कुवाको पानी सबै धमिलो भयो । तर धमिलो पानी सफा गर्ने कोहीसँग एजेण्डा थिएन । भ्यागुताहरू बिरामी पर्न थाले ।

भ्यागुताहरू धमिलो पानीमा जेनतेन जीवन धानिरहेका थिए । एकदिन ठूलो पानी पर्ने र बाढी आउने भयो । यो कुरा राजाले पहिले नै थाहा पायो । हार्ने भ्यागुताहरू र जित्ने भ्यागुतो बीच फेरि सहमति भयो- अर्को सफा कुवामा भ्यागुता वस्ती सार्ने ।

उनीहरूले अरु भ्यागुतालाई बाढी आउन लागेको खबर सुनाए । सुरक्षित हुनका लागि अर्को कुवामा सर्ने र त्यसका लागि पहिले राजा गएर सुरक्षित कुवा हेरेर आउने निधो भयो । भ्यागुता वस्ती सार्ने जस्तो गम्भीर विषयमा विपक्षीले विरोध गर्न सक्ने भएकाले विपक्षीको समेत सहमतिका लागि सर्ने कुवा हेर्न चुनाव हार्ने भ्यागुताहरू पनि राजासँगै जाने भए । वस्ती हेर्न जानेहरूलाई कुवावाट बाहिर निकाल्न अरु भ्यागुताहरूले एक म्यागुतामाथि अर्को भ्यागुतो चढेर लामो भर्याङ बनाए । भ्यागुताको ढाडमा टेक्दै नेता भ्यागुताहरू बाहिर निस्के र बाटो लागे । तर ती नेता भ्यागुताहरू फेरि फर्केर त्यहाँ आएनन् ।

पूर्वसूचना अनुसार बाढी आयो । कुवा बगायो । सबै भ्यागुताहरू एकचिहान भए । त्यस कुवाका भ्यागुताहरूको इहलीला समाप्त भयो । तर कुवाको भ्यागुताको कथा भने संसारबाट कहिल्यै समाप्त भएन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x