साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संझना गर्छ मान्छे

महसुर चलन यो भोट माग्दैछ भान्छे झुटमुट शकुनी सम्झना गर्छ मान्छे ।

Nepal Telecom ad

अलमल किन हो पात्र दुत्कार्न पारे
खलबल दलको लुट्न सत्कार्य हो रे
किन किन खलको कार्य दुष्कर्म ठान्छे
लुटपुट कसको सम्झना गर्छ मान्छे । १

हुलमुल सबको खै त आभार के हो
रमझम नहुने कुन्नि आधार के हो
जबजब रमिता गर्नुको शार खान्छे
दलबल हलिया प्रार्थना गर्छ मान्छे ।२

हुलुहुलु सपना लाख बाँड्दैछ चोरी
मलजल नहुने पत्रु छान्ने अघोरी
घरघर घटिया दाश डुल्छन् कुमान्छे
लतपत भरिया सम्झना गर्छ मान्छे । ३

अझ कति दिन हो लाञ्छना दुख्छ चर्को
हरपल अवनिमा चोरको हुन्छ लर्को
महसुर चलन यो भोट माग्दैछ भान्छे
झुटमुट शकुनी सम्झना गर्छ मान्छे । ४

वरपर भतुवा चोरको लाग्छ घेरो
खलबल सतुवा मुर्खको लुब्ध फेरो
निशदिन सविता काल यो जाग्छ ठान्छे
पलपल घरको सम्झना गर्छ मान्छे । ५

खलखल पसिना झार्नमा डुब्छ जालो
दिगमिग मसिना दुख्दछन् बन्छ कालो
तिहुन अगतिला पाक्दछन् दिन्छ भान्छे
लहर विगतका सम्झना गर्छ मान्छे । ६

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x