साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म उसको सर

किनकि कृत्रिम मर्यादाको दम्भमा अभिमानका लप्काहरु फाल्दै उसले मेरो अपमान गर्नेछ ।

Nepal Telecom ad

कुनै कुइनेटोमा दोबाटोमा
हाट बजार र बाटोघाटोमा
जब ऊ आफ्नी आमासँग हुन्छ
मलाई औंल्याउँदै आमासँग भन्छ
मम्मी, हेर्नु मेरो सर !

उसको, मेरो भित्र
म प्रतिको अधिकार
गौरवसाथ स्तम्भित भैरहेको हुन्छ
जीवनलाई बुझ्न नसकेका उस्का आँखाहरुले
मेरो अनुहारलाई मुसारिरहेको हुन्छ
म उसको प्यारो बत्सावस्थालाई
सर्वोत्तम् उपहार ठानेर
सम्मानित भैरहेको ठान्छु
यसैलाई म अनुपम मर्यादाको अत्युच्च उपहार मान्छु ।

हे प्रारब्ध !
मेरो नर्सरीको कलिलो पौधालाई
जीवनको उन्नत रङ्ग देखाऊ
उसको कर्मरेखामा
डाक्टर इन्जिनियर लेखाऊ
कृषि उद्योग पर्यटन
पत्रकार वकिल र शिक्षक बनाऊ
देश विदेशका श्रमिक बनाऊ
कवि कलाकार बनाऊ
तथापि ऊ भित्रको म कहिले मर्ने छैन
तर जनि गरेर नेता नबनाऊ
किनकि
कृत्रिम मर्यादाको दम्भमा
अभिमानका लप्काहरु फाल्दै
उसले मेरो अपमान गर्नेछ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x