साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो छ त्यो मानिस ?

चाप्लुसी तल चालका चलनका देख्दै चिनिन्छन् यिनी टुक्रामै उखुझैँ छ छ्याङ्ग गुणले छुट्टिन्छ हेर्दै चिनी !

Nepal Telecom ad

अग्लो भन्छ कुनै छ तुच्छ जन त्यो अग्लाइ त्यस्तै हुने
जो आफैँ गरिदिन्छ वणर्न सदा त्यो चारखुट्टे हुने !
सारै जानिफकार बन्दछ भने हो मूर्खको नै गुरु
हुन्छन् खात झपाट झञ्झट यिनै बुझ्नै गरेमा शुरु !!

स्वाँठा धुर्त जमात जाम जगका ज्याला जमाते जन
कैल्यै सङ्गतमा नपर्नु यिनका हुन्छन् सबै दुर्जन !
खालाखाल उछाल छाल छलका चम्चा चमारे चरु
यस्ता दुर्जनका पसेर घरमा पानी नप्यूँनु अरु !!

दुष्टात्मा नजिकै नपुग्नु कहिल्यै यी काल काला मन
षड्यन्त्री शठ हुन् सतर्क रहनू हुन्छन् सबै दुष्मन !
जिब्राका महमा मुछी वचनले पङ्खा चलेका जन
हुन् क्यैझैँ तर छन् विषालु मनका साँच्चै फँणा गोमन !!

जो चाहन्छ अनेकभित्र उसकै देओस् प्रशंसा भनी
जो सुन्दैन त्रुटी कुनै तरहले फन्काउँदै जीवनी !
जो झुक्ने नुहुने छ वेतवयमा कङ्गाल काला जन
बुझ्दा हुन्छ छ दृश्यमै सहजता मान्छे नबन्ने पन !!

चाप्लुसी तल चालका चलनका देख्दै चिनिन्छन् यिनी
टुक्रामै उखुझैँ छ छ्याङ्ग गुणले छुट्टिन्छ हेर्दै चिनी !
जो फुक्छन् मुखले म यो यति गरेँ धर्मी छु धागो सरी
त्यो हो काल कपूत कर्तुत घडा पोका र काले चरी !!

भोको वास र पेट नङ्गिन पुगेस् मृत्यु स्विकारेस् बरु
साँच्चा दर्द सहेस् पिचास नबनेस् यी काल हुन् डम्बरु !
जेली मत्स्य समान जाल यिनका पेसा बनी घुम्दछन्
यी स्वाँठा शठका समाज मनका झिङ्गा सधैँ सुँघ्दछन् !!

ह्वैनन् मानिस हुन् महा ठग ठगी घोक्य्राउँदै यी पर
फाल्दा छैन अधर्म धर्म छ बरू हुन् दुष्ट काला ज्वर !
देख्दै चिन्न सकिन्छ दुर्जन मना छन् नेत्रका यी खुनी
आँखीभौँ तल झर्नु नै छ यिनको छर्लङ्गको बैगुनी !!

कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x