साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्दैछ दुष्यन्तले

यस्तो मार्ग हिँडून् सधैँ नियमको लागोस् थियौ लायक पश्चात्ताप भएन है मत दिई भन्ने गरोस् लोकले पानी होस् बिजुली सफा सडक हुन् भन्दैछ दुष्यन्तले !!

Nepal Telecom ad

यात्री हौ, अब थाकिएछ नभने, गन्तव्यमा पुग्नु छ
यात्रामा अब फेदबाट चुचुरा पछ्याउँदै कुद्नु छ
उठ्लान् ज्वार विरोधका स्वर लिई होच्याउलान् दुष्टले
नेता होइन मात्र सेवक बने, भन्दैछ दुष्यन्तले !!

तिम्रो धैर्य अठोट जाँच गरिने सम्भावना आउलान्
छिर्के हान्न तयार धार गतिला सद्भाव बर्साउलान्
आफ्नो लक्ष्य सदैव होस् नजरमा साथी बनून् कर्मले
बन्नू नायकझैँ समाज घरमा भन्दैछ दुष्यन्तले !!

पैले हेर स्वतन्त्र हौ अब भयौ सम्पूणर्का नायक
यस्तो मार्ग हिँडून् सधैँ नियमको लागोस् थियौ लायक
पश्चात्ताप भएन है मत दिई भन्ने गरोस् लोकले
पानी होस् बिजुली सफा सडक हुन् भन्दैछ दुष्यन्तले !!

नौलो जाँगर जोसमाथि उभिँदा राख्ने गरे होस झन्
तिम्रो निणर्यले अचम्मित बनून् वाहा कि वाहा भनून्
अर्कामाथि बिझाउने वचनले जो बोल्छ बेढङ्गले
छन् तैयार हिसाब राख्न जनता भन्दैछ दुष्यन्तले !!

तिम्रो काम बताउनेछ सजिलै तिम्रा सबै योग्यता
राम्रो काम तमाम गर्न नसके हुन्छौ तिमी बेपता
चौरासी मनमा लुकाइ अहिले बाटो उनासी चले
चौरासी अनि आउनेछ सुकिलो भन्दैछ दुष्यन्तले !!

मेनपा १३, झापा, हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x