साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोखीनिती

काकीआमा खसेको आज तीन दिन हुँदैछ । जुठोमा माछा मासु खान हुन्न भनेका छन् पण्डित बाले । जानेबुझेसम्मको चोखीनिती त गर्नै पर्‍यो नि, परेन र ?’

Nepal Telecom ad

के हो काजी ! चिउरासँग तीनपाने !! माछा र मासुको डङ्गुर नभईकन मदिराको मस्ती लिन सक्तिन भन्थ्यौ त ! आज त उसिनेको अन्डा र चिउरासँगै दन्काउन थालिएछ त ? खोई, मासुको थुप्रो ?

दाताराम दाहाल र आशाराम पाण्डेको मित्रता उनीहरू बामे सर्दैदेखिको हो । दुइ चार महिनाको अन्तर छ उनीहरूको जन्माइमा । जन्म भूगोल पनि नजिकनजिक । खेलबाड र पढाइलेखाइ सँगसँगै । त्यही भएर यी दुइ ज्यान फरक भएका एउटै मान्छेजस्ता छन् सबै व्यवहारमा । एक अर्काकोमा आउजाउमा कुनै रोकतोक छैन, जहाँ जतिखेर जस्तो अवस्थामा पनि । त्यसैले त आपसी मेलमिलाप अनुकरणीय छ यी दुवैको ।

आशाराम जसलाई जहाँ जतिखेर भेटे पनि मुखमा ल्वाङ नछुटाउन सल्लाह दिइरहन्छन् । ल्वाङले दाँतमा किरा लाग्न दिन्न भन्ने उनको तर्क रहन्छ । सधैँ ल्वाङकै मात्र कुरा गरिरहने भएकाले उनलाई साना ठुला सबैले ल्वाङ काजी भन्छन् । तर, कतिपयले चाहिँ शब्दको अर्थ जानेर हो वा नजानेर उनलाई ल्वाँगे काजी पनि भन्छन् । तर, जसले जे भने पनि खिस्स हाँसेर उडाइदिने बानी छ उनको ।

दातारामको जिज्ञासामा पनि उनले यसै गरे सुरुमा । चिउरा चपाइरहे । तीनपाने तन्काइरहे । अन्डा चाटिरहे । मुसुमुसु हाँसिरहे । र लगत्तै, यस किसिमको प्रतिक्रियाले दातारामको चित्त बुझेन भन्ने पनि बुझे उनले ।

एउटै आन्द्रा भएजस्तो बालककालदेखिको साथी । लुकाउनु पर्ने कुरो केही थिएन । त्यसैले दातारामसँग मुख खोल्दै उनले भने – ‘तिमीले ठिक भन्यौ । माछा मासु नभई मदिरा ननिल्ने सधैँको बानी हो मेरो । तर के गर्नू ! काकीआमा खसेको आज तीन दिन हुँदैछ । जुठोमा माछा मासु खान हुन्न भनेका छन् पण्डित बाले । जानेबुझेसम्मको चोखीनिती त गर्नै पर्‍यो नि, परेन र ?’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x