साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शार्दूलझैँ गर्जियौ

नेपाली मुखबाट बर्सिन पुगे श्रीराम गाथा यहाँ भाका एक बनेर गुन्जिन गयो सम्पूणर् रामायण तिम्रो त्यागसँगै परिश्रम फुल्यो पर्याय भाषा बन्यौ हाम्रो नैतिकता उठाउन तिमी शार्दूलझैँ गर्जियौ ।

Nepal Telecom ad

बाजे पण्डितराज काख गतिलो पायौ र कासी गयौ
सारा संस्कृत शास्त्र पढ्न कसियौ ज्ञानी र विद्वान् भयौ
भन्दै गर्नु छ कर्म देश घरमै सत्मार्गमा होमियौ
लेखी काव्य समाजमाझ छरियौ शार्दूलझैँ गर्जियौ ।।१।।

घाँसीको उपदेशले अवनिमा केही गरौँ सम्झियौ
राखे कीर्ति भविष्यमा स्वजनले सम्झेर बस्छन् बुझ्यौ
नेपाली मनभित्र दर्पण भयौ संस्कार शिक्षा दियौ
हाम्रो संस्कृति लोप हुन्छ डरले शार्दूलझैँ गर्जियौ ।।२।।

राणाकाल थियो निरङ्कुस अहो क़ैदी थियो देश नै
बोलीमा व्यवहारमा र मनमा पीडा दिँदै हर्दमै
कारागार पुग्यौ तथापि मनको इच्छासँगै जन्मियौ
राँकोझैँ जब दीप उज्ज्वल बन्यौ शार्दूलझैँ गर्जियौ ।।३।।

नेपाली न त बुझ्न संस्कृत यहाँ सक्थे तिमीले सक्यौ
हाम्रा शास्त्र परम्परा नबुझिने बुझ्ने गरी पस्कियौ
भाषा एक बनोस् बनोस् मुलुक यो भन्ने इरादा गर्यौ
यौटा सूत्र नयाँ दियौ सरलमा शार्दूलझैँ गर्जियौ ४।।

नेपाली मुखबाट बर्सिन पुगे श्रीराम गाथा यहाँ
भाका एक बनेर गुन्जिन गयो सम्पूणर् रामायण
तिम्रो त्यागसँगै परिश्रम फुल्यो पर्याय भाषा बन्यौ
हाम्रो नैतिकता उठाउन तिमी शार्दूलझैँ गर्जियौ ५।।

मेचीनगर, झापा
हाल बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x