साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अचाक्ली भो यो नगरौँ

कति स्वास्नी पोईटिंग्रे, जोईटिंग्रे लोग्नेहरू कतै च्वाप्प म्वाई खाने, कतै खुट्टा ढोग्नेहरू दुनियाँ यो रंगमन्च नाटक हामी पात्रहरू धर्म संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ !!

Nepal Telecom ad

शिव जस्तै पति पाउन अर्को जुनी कुर्नु पर्छ
सबै धर्म, पुण्य जति यै जुनीमा गर्नु पर्छ ।
तर पनि गाह्रै पर्ला पाऊन लाई त्यस्तो पती
खोज्दै होलान् संसारमा महिलाहरू भए जति !!!

स्वास्नीहरू भोकै बस्दा लोग्ने अमर हुने भए
जनसंख्या हेर आज महिला नै धेरै भए ।
मिली गर्नु जे गर्नु छ, व्रत बसौं, पूजा गरौं,
धर्म संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ ।

तीज हुन्छ एक दिनको, महिनौं त्यो दर चल्छ
आम्दानीको घाँटी सानो, खर्च हेर्दा खसी ढल्छ
नाचौँ गाऔँ रमाइलो सभ्यताको पाठ पढौँ
धर्म संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ !!

कति स्वास्नी पोईटिंग्रे, जोईटिंग्रे लोग्नेहरू
कतै च्वाप्प म्वाई खाने, कतै खुट्टा ढोग्नेहरू
दुनियाँ यो रंगमन्च नाटक हामी पात्रहरू
धर्म संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ !!

गीत होईन समाजमा बेईज्यत भई नाङ्गिनलाई,
नाँच होईन जिउमात्र ढचक् ढचक् बाङ्गिनलाई
गीत बनून् संस्कृतिका लक्षभेदी बाणहरू
धर्म संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ !!

सभ्यताको सिँढी आज ओरालो पो झर्दैछ कि ?
संस्कृति यो गाँउ घरमा हामी सँगै मर्दैछ कि ?
क्षणिक हो यो उम्लिएको कु-संस्कृति छोडौँ बरु
धर्म-संस्कृतिको नाममा अचाक्ली भो यो नगरौँ !!

०००
मेनपा १३, चारआली, झापा
हाल, बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x