साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशैं आएछ

विदेशी रक्सीको मातमा आफ्ना भाषा संस्कृति सबै बिर्सिएर विदेशी गीत गाउनु पर्छ आफ्नै स्वाभिमान लुछ्नु पर्छ राष्ट्रियताको टालोले मुख पुछ्नु पर्छ दशैं आएछ ।

Nepal Telecom ad

दशैं आएछ
गाउँमा भेडा खोज्न
गल्लावालहरू पस्न थाले
“नमस्कार है आमा” भन्दै
पिर्का र पिंडीमा बस्न थाले
“हामी तपाईंहरूकै मान्छे त हौं नि !” भन्न थाले
गोजीबाट हरिया नोट निकालेर गन्न थाले
दशैं आएछ !

दशैं आएछ
तर कसलाई आएछ ?
भेडालाई कि गल्लावाललाई ?
भेडाहरू गुजमुज्ज परेर
त…ल शहर झर्ने बाटो हेरिरहेछन्
लामाछोटा लामाछोटा सास फेरिरहेछन्
भोलि त्यही बाटोमा भीड सजाउँनु पर्ने
भ्या .. भ्या… गर्दै स्वतन्त्रताको गीत गाउनुपर्नेछ
गल्लावालहरू भेडा र पैसाको दोहोरो अर्थ बोकेर
भेडाहरूलाई हर्काउँनेछन्
बाँदर लड्ने तारे पहरालाई थर्काउँनेछन्
दशैं आएछ ।

दशैं आएछ
हिजोको स्वादमा दाँत कोट्याउँन पल्किएका
श्रीमानहरू
कौशी र बार्दलीबाट
गाउँको बाटो नियाल्दैछन्
प…र कतै गल्लावालको झझल्कोमा अल्झिएर
उत्साही आँखाहरू फाल्दैछन्
फेरि एकपल्ट पुरानु स्वाद फर्काउनु पर्छ
फेरि एकपल्ट भ्या भ्या गरेर शहर थर्काउनु पर्छ
चाड मनाउनु पर्छ
कम्मर मर्काउनु पर्छ
झीरमा उनेर राती अबेरसम्म सेकुवा बनाउनु पर्छ
विदेशी रक्सीको मातमा
आफ्ना भाषा संस्कृति सबै बिर्सिएर
विदेशी गीत गाउनु पर्छ
आफ्नै स्वाभिमान लुछ्नु पर्छ
राष्ट्रियताको टालोले मुख पुछ्नु पर्छ
दशैं आएछ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x