सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशैं आएछ

विदेशी रक्सीको मातमा आफ्ना भाषा संस्कृति सबै बिर्सिएर विदेशी गीत गाउनु पर्छ आफ्नै स्वाभिमान लुछ्नु पर्छ राष्ट्रियताको टालोले मुख पुछ्नु पर्छ दशैं आएछ ।

Nepal Telecom ad

दशैं आएछ
गाउँमा भेडा खोज्न
गल्लावालहरू पस्न थाले
“नमस्कार है आमा” भन्दै
पिर्का र पिंडीमा बस्न थाले
“हामी तपाईंहरूकै मान्छे त हौं नि !” भन्न थाले
गोजीबाट हरिया नोट निकालेर गन्न थाले
दशैं आएछ !

दशैं आएछ
तर कसलाई आएछ ?
भेडालाई कि गल्लावाललाई ?
भेडाहरू गुजमुज्ज परेर
त…ल शहर झर्ने बाटो हेरिरहेछन्
लामाछोटा लामाछोटा सास फेरिरहेछन्
भोलि त्यही बाटोमा भीड सजाउँनु पर्ने
भ्या .. भ्या… गर्दै स्वतन्त्रताको गीत गाउनुपर्नेछ
गल्लावालहरू भेडा र पैसाको दोहोरो अर्थ बोकेर
भेडाहरूलाई हर्काउँनेछन्
बाँदर लड्ने तारे पहरालाई थर्काउँनेछन्
दशैं आएछ ।

दशैं आएछ
हिजोको स्वादमा दाँत कोट्याउँन पल्किएका
श्रीमानहरू
कौशी र बार्दलीबाट
गाउँको बाटो नियाल्दैछन्
प…र कतै गल्लावालको झझल्कोमा अल्झिएर
उत्साही आँखाहरू फाल्दैछन्
फेरि एकपल्ट पुरानु स्वाद फर्काउनु पर्छ
फेरि एकपल्ट भ्या भ्या गरेर शहर थर्काउनु पर्छ
चाड मनाउनु पर्छ
कम्मर मर्काउनु पर्छ
झीरमा उनेर राती अबेरसम्म सेकुवा बनाउनु पर्छ
विदेशी रक्सीको मातमा
आफ्ना भाषा संस्कृति सबै बिर्सिएर
विदेशी गीत गाउनु पर्छ
आफ्नै स्वाभिमान लुछ्नु पर्छ
राष्ट्रियताको टालोले मुख पुछ्नु पर्छ
दशैं आएछ ।

०००
गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’