सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नदेऊ उज्यालो

मलाई दिई भोट नेता भनाए दिएँ कष्ट पीडा सधैँ चोट पाए । पुगेँ द्वारमा भोट माग्ने बहाना थियो के नसोधी विकासे चहाना ।

Nepal Telecom ad

नजाती छ मान्छे नजाती म आफैं
दिने मात्र धोका छु घाती म आफैं ।
हिँडेँ देश छोडी विदेशी भएँ म
पराई बनेको छु साथी म आफैं ।।

लुटी खान खोज्ने सयौँ छन् लुटेरा
भयो देश रित्तो तिनैले चुसेर ।
दिई दोष आफू म सोझो भनाएँ
बनेँ भ्रष्ट पापी र आफैं गन्हाएँ ।।२

न ता दुख्छ मेची न काली मलाई
भए वाह! पुग्ने छ ताली मलाई ।
रुँदा देश एक्लै बसी ङिच्च हाँस्छु
सधैँ स्वार्थको गीत गाएर बाँच्छु ।।३।

मलाई दिई भोट नेता भनाए
दिएँ कष्ट पीडा सधैँ चोट पाए ।
पुगेँ द्वारमा भोट माग्ने बहाना
थियो के नसोधी विकासे चहाना ।।४।

कुनै छैन चाहा उठूँ स्वार्थमाथि
भनून् छैन वास्ता कसैले नजाती ।
नजाती बन्यो धर्म संस्कार मेरो
अँध्यारो छ प्यारो नदेऊ उज्यालो ।।५।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे