सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

न्वारान

अनुहार हेरेर हैन कर्म हेरेर गरेको सम्मान भएका कारणले मैले भय पालिराख्नुको तुक थिएन । ‘मुख बन्द गरी फोन कानमा लगाएर कता हराउनुभयो, प्रिय देवरजी ?’

Nepal Telecom ad

‘असाध्यै उत्साहित छु । तपाईंले पठाउनुभएको सम्मानले तर…. !’

रमा भाउजूले मिश्रित भाव सञ्चार गर्दा कतै उनलाई सम्मान गर्ने हैसियत पो थिएन कि भन्ने लाग्यो ।
‘संस्थामा पो अर्कै दर्जामा छु । यहाँ त म हजुरको देवर हुँ । खुलेर भन्नुस्, प्लिज !’

मैले चेपारो घस्दै भन्नासाथ उनको मुखबाट फुत्त बाहिरियो; ‘धन्यवाद ! उत्तिबेला च्याँच्याँ गर्दै ठिक्क भयो । अब आर्यघाट जाने बेला नयाँ पहिचान स्थापित गराउन खोज्नुभएकोमा ।’

म अझै रणभुल्लमै थिएँ । मनमा गडेको भय कम भएको थिएन । बाँडेको सम्मान सबैलाई स्वीकार्य नहुनु अन्यथा थिएन । तर अनुहार हेरेर हैन कर्म हेरेर गरेको सम्मान भएका कारणले मैले भय पालिराख्नुको तुक थिएन ।
‘मुख बन्द गरी फोन कानमा लगाएर कता हराउनुभयो, प्रिय देवरजी ?’

भाउजू वाणीले झल्याँस्स भएँ । ‘हजुर, हजुर’ मात्रै भनेँ । अरू बोल्न आँटै आएन ।
केहीबेरको सन्नाटालाई चिर्दै विनम्रता जाहेर गरेँ; ‘घोडा चढ्दा लडियो होला । प्रष्ट्याउनुहोला ।’

भाउजूको मुखबाट ध्वनि बाहिरिँदै थियो; म आफ्नै निधारमा देब्रे हातले प्याट्ट हान्न पुगेँछु; ‘तपाईंले पठाएको सम्मान बाकसभित्र र मनभित्र राख्ने खालको छ । बाहिर निकालेर फोटो छोपी सार्वजनिक गरे मलाई कसैले नचिन्ने खतरा छ ।’

०००

२०७९-०७-०८
सिद्धार्थटोल, उदयपुर ।
हाल- रूपनगर, सप्तरी ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
जिउँदो समय

जिउँदो समय

नन्दलाल आचार्य
भेटेको मोबाइल

भेटेको मोबाइल

नन्दलाल आचार्य
हाेलीकाे शुभकामना

हाेलीकाे शुभकामना

नन्दलाल आचार्य
साथी

साथी

नन्दलाल आचार्य
भुइँचालो

भुइँचालो

नन्दलाल आचार्य
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी