साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढोंगीबाबा

नगर है झुटको खेती झुट अपराध हो होला क्षति सात जन्म तर्ने बाटो मिलाऊ बाबा असली रूप देखाऊ ।

Nepal Telecom ad

अहो कस्ता पीत वस्त्रधारी
कृपण, भोगी, अहंकारी
ईशको नाममा शक्ति बटुली
भित्र ईशलाई दिन्छन् गाली

दिनमा सब माझ प्रवचन गर्ने
राती सोमरसले लट्ठ पर्ने
भयग्रस्त छन् कुण्ठाले ती
राख्छन नारीमाथि कुदृष्टि

कसरी सुनाऊँ म तिनको प्रवचन
ढोंगीलाई कसरी गरौँ सम्मान
दिँदैन नारीलाई इज्जत जसले
भोग्नेछ जन्मान्तर पाप त्यसले

झुटो बोल्छ्न ठग्नलाई
जन्मिनेछन् गूँगा भई
लोभ, भोग हो उनको चरित्र
बुझनु होला सज्जन मित्र

त्यसैले,
नगर है झुटको खेती
झुट अपराध हो होला क्षति
सात जन्म तर्ने बाटो मिलाऊ
बाबा असली रूप देखाऊ ।

०००
२८/१२/२०२१
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x