सुलसुलेझोरमा ११९ औँ घुम्ती कविगोष्ठी
टोखा नगरपालिका वडा न. १ स्थित झोर महाङ्काल मा.वि.मा घुम्ती कविगोष्ठी नेपालको ११९ औँ शृङ्खला प्राज्ञ वियोगी बूढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न भयो ।

काठमाडौं, २०७९ कार्तिक १२ । टोखा नगरपालिका वडा न. १ स्थित झोर महाङ्काल मा.वि.मा घुम्ती कविगोष्ठी नेपालको ११९ औँ शृङ्खला प्राज्ञ वियोगी बूढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न भयो ।
साहित्यकार चेतनपथ माधवको संयोजन तथा सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । टोखा न.पा. १ का वडा अध्यक्ष रमेशकुमार लामिछाने, गिरिराज सुवेदी, नवराज पुडासैनी ज्योत्स्ना, पिँडालु पण्डित र त्रिलोचन आचार्य विशिष्ट अतिथिको रूपमा थिए । विद्यालयका प्रधानअध्यापक हरिकृष्ण धिताल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर तामाङ, नारायण नेपाल, वसन्त रिजाल, निबन्ध आचार्य, कात्यायन लगायतका साहित्यकार अतिथिको भूमिकामा थिए ।
विद्यालयका प्रअ हरिकृष्ण धितालको स्वागत मन्तव्यपछि कविता वाचन सुरु भएको थियो । डोरबहादुर के.सी., कात्यायन, त्रिलोचन आचार्य, राजेशमान के.सी., रामकुमार पण्डित क्षेत्री, शिव शर्मा, दामोदर ढकाल दीपक, पिँडालु पण्डित, घनश्याम प्रसाईँ, धरणीधर गुरागाईँ, आँचलकुमार शर्मा, विमुन्स पौडेल, प्रविशा उपाध्याय बराल, गोविन्द नेपाल, नवराज पुडासैनी, सङ्गीता ढुङ्गाना दाहाल, शुभलक्ष्मी कोइराला, निबन्ध आचार्य, माधवलाल श्रेष्ठ, प्रभुराम फुयाँल, रमेशकुमार श्रेष्ठ, रेहित शैजु, वसन्त रिजाल, लब खड्का, एच.के. धिताल, अनन्त लामिछाने, नारायण नेपाल, रामचन्द्र दाहाल, गिरिराज सुवेदी, चेतनपथ माधव र वियोगी बूढाथोकी लगायतका कविहरूले कविता, गीत, गजल र मुक्तक एवं सुसेली वाचन गरेका थिए ।
कार्यक्रमको क्रममा एच. के. धिताल, आँचलकुमार शर्मा र शिव शर्मालाई घुम्ती प्रतिभा सम्मानबाट सम्मानित गरिएको थियो भने सो सम्मानित व्यक्तित्वको बारेमा सभापति चेतनपथ माधवले प्रकाश पारे । वाचित कविताहरूको समीक्षा कवि नारायण नेपालले गरे । घुम्ती कविगोष्ठीका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन रामचन्द्र दाहालले गरे । अन्त्यमा प्रमुख अतिथि प्राज्ञ वियोगी बूढाथोकीले विगतमा झोरको झरनामा मकैभटमाससँग कविता वाचन कार्यक्रम आयोजना गरेको स्मरण गर्दै साहित्यिक फाँटमा झोर पनि निकै अगाडि पुगेको मन्तव्य व्यक्त गरे ।
बिहान नौ बजेबाट सुरु भएको सो कार्यक्रम दिउँसो साँढे बाह्र बजे समापन भएको थियो । कार्यक्रमपछि आयोजकको सौजन्यमा खाना खाएर कविहरू झोरको झरना र वरुणेश्वर(बाउँडेश्वर) महादेवको दर्शन गरेर प्राकृतिक सुन्दरताबाट आनन्दित भए । पूर्व, पश्चिम र उत्तरतर्फ डाँडाले घेरेको सो स्थल अत्यन्तै रमणीय रहेकोले वास्तविक साहित्य सिर्जना गर्ने थलोको रूपमा स्वर्गझै रहेको भनी अधिकांश साहित्यकारले अभिव्यक्त गरे ।
०००
-रामकुमार पण्डित
Subscribe
Login
0 Comments
Oldest












































