टङ्कराज ढकाल ‘तितेपाती’धुजाधुजा म पार्दछु
विभिन्न जात धर्ममा जुटेर बाँच्न सक्दछु, खराब पार्न दिन्न जो हियार जोड्न लाग्दछु, पिरेर दुष्ट भावले परन्तु शुध्द पार्दछु, खिया समान मुण्ड यी धुजाधुजा म पार्दछु ।
विवेक शून्य कर्मको विरोध घोर गर्दछु
अकर्म कर्म खेलको डटेर शान झार्दछु
परत्र हुन्न जान यो किटान गर्न सक्दछु
लुटेर खान दिन्न है धुजाधुजा म पार्दछु ।१
खुलेर हिंड्छु शानले धरासँगै म बग्दछु
अपार हुन्छ देश यो गरागरा म पुग्दछु
डुबेर ताल जालमा अखण्ड प्रेम गर्दछु
प्रचण्ड खेल दक्षिणी धुजाधुजा म पार्दछु ।२
कुवेर बन्न सक्छ को अनेक दान गर्दछु
बिहान थुन्न सक्छ को बिहान सूर्य पुज्दछु
हजार जाल झेल यी डटेर च्यात्न सक्दछु
नदी नखा सधैं सधैं धुजाधुजा म पार्दछु ।३
बनेर शक्ति पीठ झै हराम मास्न लाग्दछु
निधारमा छ योगको सहेर बाँच्न सक्दछु
यता उता छ टाकुरा उडेर हेर्न सक्दछु
कलङ्क देश द्रोह जो धुजाधुजा म पार्दछु ।४
विभिन्न जात धर्ममा जुटेर बाँच्न सक्दछु
खराब पार्न दिन्न जो हियार जोड्न लाग्दछु
पिरेर दुष्ट भावले परन्तु शुध्द पार्दछु
खिया समान मुण्ड यी धुजाधुजा म पार्दछु ।५
जवान जुट्न थाल्दछन् र एकता छ जोड्दछु
र जोरजाम पातकी निमेषमा म फोड्दछु
हजार लात भ्रष्टका दलाल मास्न सक्दछु
अपुष्ट घात शत्रुका धुजाधुजा म पार्दछु ।६
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































