साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता घुम्यो फन्फनी

झुट्टा जो नखरा गरेर पदको खायौ सबै कुञ्जिनी धर्तीको सहकाल बेच्न सहसा सङ्घीयता मोहिनी तानातान भयो कुवेर भरिया छिन्ला कतै कन्दनी काटाकाट यता मदान्ध बलमा सत्ता घुम्यो फन्फनी ।

Nepal Telecom ad

सत्ताका मतियार जो गणक छन् मातेर भो सन्सनी
पाए लुट्न भने तयार सजिलै बन्छन् भलायो पनि
हावाताल गरी भकुर्न हलिया हिंड्छन् सदा निर्धनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।१

यी भष्मासुर हुन् भयानक हुने आधार गुम्दा पनि
भ्रष्टाचार कुचाल हो अवनिको फड्के नचल्दा पनि
पापाचार गरेर गुहार्न सकिने मुर्दा नबोल्दा पनि
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।२

कुर्सीमा रमणी धरा नलुट यो कुमार्ग लागे पनि
हाम्री यी धरणी गरा नजुट है पाताल बासी पनि
छिर्केदाउ गरे सधैं भरणको बालेर आगो पनि
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।३

गर्दैछौ करणी जहाँतक मिली दुष्कर्म जान्दा पनि
भर्दैछौ धनले नियामक बनी झोली भयो टन्टनी
कालो यत्न गरी धनी कहलियौ नाच्यौ बनी नन्दिनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।४

बौलाहा सुरमा भयो खलबली सत्ता नमिल्दा पनि
तिम्रो मन्द छ तामझाम खलियो बल्दै गयो दन्दनी
आमाको ममता हराइरहने धिक्कार यस्तो जुनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।५

झुट्टा जो नखरा गरेर पदको खायौ सबै कुञ्जिनी
धर्तीको सहकाल बेच्न सहसा सङ्घीयता मोहिनी
तानातान भयो कुवेर भरिया छिन्ला कतै कन्दनी
काटाकाट यता मदान्ध बलमा सत्ता घुम्यो फन्फनी ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x