सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्ता घुम्यो फन्फनी

झुट्टा जो नखरा गरेर पदको खायौ सबै कुञ्जिनी धर्तीको सहकाल बेच्न सहसा सङ्घीयता मोहिनी तानातान भयो कुवेर भरिया छिन्ला कतै कन्दनी काटाकाट यता मदान्ध बलमा सत्ता घुम्यो फन्फनी ।

Nepal Telecom ad

सत्ताका मतियार जो गणक छन् मातेर भो सन्सनी
पाए लुट्न भने तयार सजिलै बन्छन् भलायो पनि
हावाताल गरी भकुर्न हलिया हिंड्छन् सदा निर्धनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।१

यी भष्मासुर हुन् भयानक हुने आधार गुम्दा पनि
भ्रष्टाचार कुचाल हो अवनिको फड्के नचल्दा पनि
पापाचार गरेर गुहार्न सकिने मुर्दा नबोल्दा पनि
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।२

कुर्सीमा रमणी धरा नलुट यो कुमार्ग लागे पनि
हाम्री यी धरणी गरा नजुट है पाताल बासी पनि
छिर्केदाउ गरे सधैं भरणको बालेर आगो पनि
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।३

गर्दैछौ करणी जहाँतक मिली दुष्कर्म जान्दा पनि
भर्दैछौ धनले नियामक बनी झोली भयो टन्टनी
कालो यत्न गरी धनी कहलियौ नाच्यौ बनी नन्दिनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।४

बौलाहा सुरमा भयो खलबली सत्ता नमिल्दा पनि
तिम्रो मन्द छ तामझाम खलियो बल्दै गयो दन्दनी
आमाको ममता हराइरहने धिक्कार यस्तो जुनी
पाँडेचाल चलेर यो मुलुकमा सत्ता घुम्यो फन्फनी ।५

झुट्टा जो नखरा गरेर पदको खायौ सबै कुञ्जिनी
धर्तीको सहकाल बेच्न सहसा सङ्घीयता मोहिनी
तानातान भयो कुवेर भरिया छिन्ला कतै कन्दनी
काटाकाट यता मदान्ध बलमा सत्ता घुम्यो फन्फनी ।६

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
उधारो नतिर्ने पारा छ के हो ?

उधारो नतिर्ने पारा छ...

टङ्कराज ढकाल ‘तितेपाती’
छोपेर छोपिन्न

छोपेर छोपिन्न

टङ्कराज ढकाल ‘तितेपाती’
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल