साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठ उठ, टाउकाले टेकेर उठ

यो देशमा तिमीले नलुटे कस्ले सक्छ लुटन् ? यो देशमा तिमी नउठे को सक्छ उठ्न ? बिन्ती छ उठ, टाउकाले टेकेर उठ बिन्ती छ उठ, छातीले टेकेर उठ उठ, जतिसक्यो माथिमाथि उठ ।

Nepal Telecom ad

उठ उठ सदनबाट उठ, सडकबाट उठ
यो देशमा काण्डैकाण्ड गर्न जुरुक्क उठ
हातमा शक्ति हुनेहरू शक्ति दुरुपयोग गर्न उठ
हातमा बन्दुक लिनेहरू निर्दोषको सिकार गर्न उठ
राजनीति गर्नेहरू लोकतन्त्रको नारा घन्काएर उठ
हम्रो लोकतन्त्र भनेर उठ
राजनीतिका चम्चेहरू ठोकतन्त्रको अभियान गम्काएर उठ
हम्रो ठोकतन्त्र बनेर उठ
जनतालाई महङ्गीको शिखर चढाउन उठ
देशमा भ्रष्टाचारको उचाई बढाउन उठ
हातमा कानुन लिनेहरू न्याय दवाउन उठ
हातमा कलम हुनेहरू अपराधीको सजाए घटाउन उठ
कुशासनको लागि दुशासन बनेर उठ
सधैँ सत्तामा हैकम जमाउन उठ
सधैँ भ्रष्ट बनी पैसा कमाउन उठ
तिमीले नउठे यो देशमा को उठ्छ ?
दसकौंसम्म बेइमान बनेर उठ
दसकौंसम्म विश्वासघाती बनेर उठ
कहिले झोले बनेर उठ
कहिले डोले बनेर उठ
पदको दुरुपयोग गर्दै काण्डैकाण्ड मच्चाउन उठ
पदको दुरुपयोग गर्दै दण्डैदण्ड पचाउन उठ
कर्तव्य र धर्म बिर्सेर उठ
अधिकार जमाउन उठ
अनुशासन भत्काउन उठ
यो देशमा तिमीले नलुटे कस्ले सक्छ लुटन् ?
यो देशमा तिमी नउठे को सक्छ उठ्न ?
बिन्ती छ उठ, टाउकाले टेकेर उठ
बिन्ती छ उठ, छातीले टेकेर उठ
उठ, जतिसक्यो माथिमाथि उठ
उठ, विश्वरेकर्ड नाघेर उठ
हामीलाई यो चाहिँ प्रष्ट थाहा छ
तिमी जतिजति माथिमाथि उठ्छौ
हामी त्यतित्यति तलतल भासिन्छौं ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x