साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा प्रतिष्ठानको दोहोरो सुविधाबारे अन्तरिम आदेश

रिटको पक्ष वा विपक्षमा भएको बहसपछि सर्वोच्च अदालतले गत बैशाख ५ गते तत्काललाई खाईपाई आएको आर्थिक सुबिधा नरोक्नु भन्ने अन्तरिम आदेश दिएको छ ।

Nepal Telecom ad

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको नयाँ प्राज्ञ परिषदको गत फागुन ११ गते बसेको पहिलो बैठकले नियम विपरीत दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरूको तलब/भत्ता रोक्ने निर्णय गरेको थियो ।

यस्तो दोहोरो आर्थिक सुबिधा लिनु नेपाल सरकारको कानुन विपरित र स्वयं नेपाल प्रज्ञा प्रतिष्ठानकै ऐनको समेत बर्खिलाप रहेको भन्दै यस्तो निणर्य गरिएको थियो । प्रज्ञा प्रतिष्ठानले उच्च नैतिकताको प्रदर्शन गरुँ भन्दै दोहोरो आर्थिक लाभ लिए नलिएको बारे स्वघोषणा गर्नका लागि सबै आजीवन सदस्यहरूलाई अनुरोधपत्र समेत पठाएको थियो ।

प्रज्ञा प्रतिष्ठानको उक्त निर्णय अनुसार अबदेखि आजीवन सदस्यहरूले पेन्सन वा आजीवन भत्तामध्ये एक रोज्नुपर्ने हुन्थ्यो । नेपाली वाङ्मयमा अतुलनीय योगदान गरेका छौँ, जति पनि सुविधाभोग गर्न पाउनुपर्छ भन्ने तर्क र लबिङ गर्दै ती आजीवन सदस्यहरू प्रज्ञा प्रतिष्ठानको उक्त निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दिन पुगेका थिए । रिटको पक्ष वा विपक्षमा भएको बहसपछि सर्वोच्च अदालतले गत बैशाख ५ गते तत्काललाई खाईपाई आएको आर्थिक सुबिधा नरोक्नु भन्ने अन्तरिम आदेश दिएको छ ।

आम नागरिकले तिरेको कर र राज्य कोषको दोहोरो दोहनले “स्रष्टा एवम् प्राज्ञहरू इमानदार” हुन्छन् भन्ने मान्यतालाई कुठाराघात गर्दै ११ जना आजीवन सदस्यहरू प्रज्ञा प्रतिष्ठानको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दिनु आफैमा आश्चर्यजनक अवस्था हो । सर्वोच्चको रिटमा “नेपाली वाङ्मयमा अतुलनीय योगदान” गरेका छौँ भन्ने जिकिर गरिएको यस्तो आत्मप्रवञ्चना आफैमा हास्यास्पद छ ।

यसरी आफूले आफैलाई “अतुलनीय छौँ” भन्नुले अरू साहित्यिक स्रष्टा वा प्रतिभाहरूको अपमान भएको आम स्रष्टाहरूको बुझाई छ र यसबारे अनेक कृया-प्रतिकृयाहरू आइरहेका छन् । यो एक प्रकारले उनीहरूले प्राप्त गरेको अनुचित लाभलाई राज्यकोषमा फिर्ता गरी कार्वाही हुनुपर्छ । सस्तो भावुकतामा नफसी नेपाल सरकार, अदालत र प्रतिष्ठानले यस्तो गलत प्रवृत्तिलाई नियन्त्रण गर्नेतर्फ सचेतनातापूर्वक निर्णय निरुपण गर्नुपर्दछ ।

आफूले उपभोग गरिरहेको दोहोरो सुविधा कायम गर्न सर्वोच्चमा रिट दिन जाने आजीवन सदस्यहरूमा प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. चूडामणि बन्धु रेग्मी, गङ्गाप्रसाद उप्रेती, प्रा.डा.योगेन्द्रप्रसाद यादव, तीर्थबहादुर श्रेष्ठ, आर.डी. ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत), अशेष मल्ल, डा. धुवचन्द्र गौतम, तोया गुरुङ, तुलसीप्रसाद जोशी (तुलसी दिवस) र शशीविक्रम शाह रहेका छन् ।

०००
– प्रभास रुपाखेती

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x