साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वनिताका विभिन्न पुरस्कारहरू घोषणा

साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ प्रा.डा.अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख २५ । वनिता साहित्यिक पत्रिका साहित्यका विभिन्न विधाका स्रष्टाहरूलाइृ सम्मान गर्ने भएको छ। पत्रिकाले एक विज्ञप्तिजारी गर्दै साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। पत्रिकाले २०८० र २०८१ सालका पुरस्कारको घोषणा गरेको छ । पत्रिकाले ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ प्रा.डा.अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

पत्रिकाले ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार-२०८०’ बालसाहित्यकार शाश्वत पराजुलीलाई र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार छाँयादत्त नेउपानेलाई प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती पुरस्कार-२ं०८०’ समालोचक प्रा.डा.सावित्री कक्षपतीलाई र २०८१ सालको उक्त पुरस्कार समालोचक फणेन्द्रराज निरौलालाई प्रदान गरिने भएको छ ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार-२०८०’ कथाकार किशोर पहाडीलाई र २०८१ सालको उक्त पुरस्कार कथाकार सुष्मिता नेपाललाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसै गरी ‘व्यथित काव्य वनिताश्री पुरस्कार-२०८०’ कवि नरेद्रबहादुर श्रेष्ठलाई र २०८१ सालको उक्त पुरस्कार कवि ठाकुर बेलवासेलाई प्रदान गरिने भएको छ ।

यस्तै ‘रन्जुश्री दामोदर यात्रा वनिता पुरस्कार-२०८०’ नियात्राकार युवराज नयाँघरेलाई र २०८१ सालको उक्त पुरस्कार नियात्राकार प्रतिक ढकाल प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार ०८० – २०८१’ सालको पुरस्कार संगीतकार र गायक राज सिग्देल, गायिका राधिका भण्डारीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

यसै गरी वनिता विशेष वसुश्री-मधु पुरस्कार-२०८० संगीतकार मन्जु नकर्मी र २०८१ सालको उक्त पुरस्कार बालसाहित्यकार रश्मी रिमाललाई प्रदान गरिने भएको छ । यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार- २०८०’ साहित्यकार हरि बराल २०८१ सालको उक्त पुरस्कार अनुवादक राजेन्द्र गुरागाईलाई प्रदान गरिने भएको छ ।

‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार ‘ह्याप्पी किड्स’ मन्टेश्वरीका स्कुलका साना नानीहरूलाई प्रदान गरिने भएको छ । यी पुरस्कारहरू उपयुक्त समय पारेर एक समारोहका बीच प्रदान गरिने वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले विज्ञप्ति मार्फत बताएकी छिन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x