सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो बुद्धको देशमा

बढ्दो द्वन्द छ रामको हित सखा सुग्रीवका साथमा हेर्छन् रावण उठ्न सक्छु कि भनी त्यो राज्य आकाशमा!! झुप्राका सपना तिरस्कृत भई थन्के ठुला सेफमा भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !

Nepal Telecom ad

ल्याए शान्ति प्रबुद्धले मुलुकमा कल्याणका खातिर
छैनन् आज गइन् कता पर यता पर्दै गयो आखिर
कब्जामा छलका परेर अवला बस्छिन् कता क्लेसमा
उड्दै छन् कलिका अशान्त भमरा यो बुद्धको देशमा !!

आऊन् शान्ति भनेर क्रान्ति गरियो साथै हिँडेका नर
उक्ले राम बरी कुनै महलमा कोही भयौँ वानर
लागे स्वार्थ लिएर हिँड्न हनुमान् अर्कै कुनै भेषमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!२!!

सोच्यौँ मानव रूप वानर हुँदा लङ्का जितेझैँसरि
लागेनन् किन बागमा फल कुनै स्वादिष्ट कादम्बरी
छाँया रूप लिएर राम अहिले छन् साधुका भेषमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!३!!

बढ्दो द्वन्द छ रामको हित सखा सुग्रीवका साथमा
हेर्छन् रावण उठ्न सक्छु कि भनी त्यो राज्य आकाशमा!!
झुप्राका सपना तिरस्कृत भई थन्के ठुला सेफमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!४!!

हाम्रो मानवता गयो पर कता खोजौँ उठाई शिर
नासो थाम्नु छ बुद्धको मुलुकमा फालेर मैला पिर
होलिन् शान्ति रुँदै सदा विरहमा लागौँ यसै केसमा
भोका वानरझैँ सदा किन हुने यो बुद्धको देशमा !!५!!

०००
२०८०/१/२१
हाल- काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे