साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो बुद्धको देशमा

बढ्दो द्वन्द छ रामको हित सखा सुग्रीवका साथमा हेर्छन् रावण उठ्न सक्छु कि भनी त्यो राज्य आकाशमा!! झुप्राका सपना तिरस्कृत भई थन्के ठुला सेफमा भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !

Nepal Telecom ad

ल्याए शान्ति प्रबुद्धले मुलुकमा कल्याणका खातिर
छैनन् आज गइन् कता पर यता पर्दै गयो आखिर
कब्जामा छलका परेर अवला बस्छिन् कता क्लेसमा
उड्दै छन् कलिका अशान्त भमरा यो बुद्धको देशमा !!

आऊन् शान्ति भनेर क्रान्ति गरियो साथै हिँडेका नर
उक्ले राम बरी कुनै महलमा कोही भयौँ वानर
लागे स्वार्थ लिएर हिँड्न हनुमान् अर्कै कुनै भेषमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!२!!

सोच्यौँ मानव रूप वानर हुँदा लङ्का जितेझैँसरि
लागेनन् किन बागमा फल कुनै स्वादिष्ट कादम्बरी
छाँया रूप लिएर राम अहिले छन् साधुका भेषमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!३!!

बढ्दो द्वन्द छ रामको हित सखा सुग्रीवका साथमा
हेर्छन् रावण उठ्न सक्छु कि भनी त्यो राज्य आकाशमा!!
झुप्राका सपना तिरस्कृत भई थन्के ठुला सेफमा
भोका वानर जालभित्र जहिल्यै यो बुद्धको देशमा !!४!!

हाम्रो मानवता गयो पर कता खोजौँ उठाई शिर
नासो थाम्नु छ बुद्धको मुलुकमा फालेर मैला पिर
होलिन् शान्ति रुँदै सदा विरहमा लागौँ यसै केसमा
भोका वानरझैँ सदा किन हुने यो बुद्धको देशमा !!५!!

०००
२०८०/१/२१
हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x