साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो के भएको ?

छौँ वीर हामी तर बुद्धिहीन छौँ गर्छौं गुलामी; युग देखि दीन छौँ सबै जवानी अरु निम्ति साँच्दछौँ दिँदै सलामी अरु निम्ति बाँच्दछौँ ।

Nepal Telecom ad

हामी हुँदैछौँ घरका न घाटका
सौभाग्यले हीन हुँदो ललाटका
सधैं अरूका हतियार हौँ कि झैँ
यद्वा अरूकै मतियार हौँ कि झैँ ।१

छन् दाउराका खुकुरीहरू यहाँ
छन् कागजी चक्कु छुरीहरू यहाँ
ती मञ्चमा नाटक निम्ति योग्य छन्
प्रतीक देखाउन ती प्रयोग्य छन् ।२

खुँडा छ हाम्रो तर छैन तेजिलो
तर्बार हो किन्तु रहेन धारिलो
ती शस्त्र देखाउन मात्र योग्य छन्
बचाउका लागि सबै अयोग्य छन् ।३

हाम्रो छ दोकान बडो बृहत्तर
मिष्ठान्न छन् हेर्न निकै मनोहर
यहाँ मिठाई न त स्वादिला बने
न तृप्तिदायी न त पोषिला बने ।४

छौँ वीर हामी तर बुद्धिहीन छौँ
गर्छौं गुलामी; युग देखि दीन छौँ
सबै जवानी अरु निम्ति साँच्दछौँ
दिँदै सलामी अरु निम्ति बाँच्दछौँ ।५

दिऔँ जहाँ दृष्टि उहीँ कुपात्र छ
सर्वत्र हेरौँ ; छल-छद्म मात्र छ
यो के भएको अब फेरि सोच्नु छ
बाली दियो ज्योति इमान खोज्नु छ ।६

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले सम्म हो हुने ?

कहिले सम्म हो हुने...

कृष्णशरण उपाध्याय पाैडेल
हुन् बाबु आमा भगवान् समान

हुन् बाबु आमा भगवान्...

कृष्णशरण उपाध्याय पाैडेल
गधा

गधा

कृष्णशरण उपाध्याय पाैडेल
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x