सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो के भएको ?

छौँ वीर हामी तर बुद्धिहीन छौँ गर्छौं गुलामी; युग देखि दीन छौँ सबै जवानी अरु निम्ति साँच्दछौँ दिँदै सलामी अरु निम्ति बाँच्दछौँ ।

Nepal Telecom ad

हामी हुँदैछौँ घरका न घाटका
सौभाग्यले हीन हुँदो ललाटका
सधैं अरूका हतियार हौँ कि झैँ
यद्वा अरूकै मतियार हौँ कि झैँ ।१

छन् दाउराका खुकुरीहरू यहाँ
छन् कागजी चक्कु छुरीहरू यहाँ
ती मञ्चमा नाटक निम्ति योग्य छन्
प्रतीक देखाउन ती प्रयोग्य छन् ।२

खुँडा छ हाम्रो तर छैन तेजिलो
तर्बार हो किन्तु रहेन धारिलो
ती शस्त्र देखाउन मात्र योग्य छन्
बचाउका लागि सबै अयोग्य छन् ।३

हाम्रो छ दोकान बडो बृहत्तर
मिष्ठान्न छन् हेर्न निकै मनोहर
यहाँ मिठाई न त स्वादिला बने
न तृप्तिदायी न त पोषिला बने ।४

छौँ वीर हामी तर बुद्धिहीन छौँ
गर्छौं गुलामी; युग देखि दीन छौँ
सबै जवानी अरु निम्ति साँच्दछौँ
दिँदै सलामी अरु निम्ति बाँच्दछौँ ।५

दिऔँ जहाँ दृष्टि उहीँ कुपात्र छ
सर्वत्र हेरौँ ; छल-छद्म मात्र छ
यो के भएको अब फेरि सोच्नु छ
बाली दियो ज्योति इमान खोज्नु छ ।६

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चम्चा हुनू केवल

चम्चा हुनू केवल

कृष्णशरण उपाध्याय पाैडेल
त्यो देश को नाम के ?

त्यो देश को नाम...

कृष्णशरण उपाध्याय पाैडेल
आँखै निकाल्नू अब

आँखै निकाल्नू अब

कृष्णशरण उपाध्याय पाैडेल
तिहारमा रमाएँ

तिहारमा रमाएँ

कृष्णशरण उपाध्याय पाैडेल
के के बनाए

के के बनाए

कृष्णशरण उपाध्याय पाैडेल
पर्दैन के लज्जित बन्न हामी ?

पर्दैन के लज्जित बन्न...

कृष्णशरण उपाध्याय पाैडेल
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही