साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर कविता

पातलो गेरुमा खिएका चोर साधुहरू बाक्लो खरानीले पोतिएका साधु चोरहरू सबै सबै तपाईंलाई नै खोजरहेछन् भन्नुहोला यो त बोर भो अरे यार ! गोजी तपाईंको हात चोरको ।

Nepal Telecom ad

अरे यार गोजी तपाईंको
हात चोरको

चोर आफ्नु कला देखाइरहे छ
तपाईं उसलाई धाप मारिरहनु भएको छ
पैसा झारिरहनु भएको छ
ऊ अमलेट बनाउँदैछ
तपाईं फुल पारिरहनु भएको छ
अरे यार गोजी तपाईंको
हात चोरको ।

तपाईं ढोका मात्रै उघार्नुहोस्
उदाङ्गो मात्रै पार्नुहोस्
ह्वारह्वार्ती चोरहरू तपाईंको मूल ढोकाबाटै पस्छन्
तपाईंसँगै टाँसिएर बस्छन्
तपाईंलाई लठ्ठ बनाउँदै
कुराले आकास पाताल कस्छन्

बिस्तारै तपाईंको गोजीतिर डस्छन्
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

तपाईंको आँखाभरि धूलो छ्यापेर
चोरहरू मन्दिरमा सेता परेवा उडाउँछन्
तपाईंको मस्तिष्कभरि आदर्श पोतेर
तपाईंको छातीमाथि चारचक्का गुडाउँछन्
अर्थशास्त्रको नबुझिने मन्त्र पढेर
तपाईंलाई स्वप्नलोकमा उडाउँछन्
फरुवाको प्रत्येक डोभमा रोपेको पसीना कुहिएर
प्रत्येक बर्ष
अभावको दुर्गन्ध मात्रै फल्छ
तर पनि चोरहरू तपाईंसँगै हुन्छन्
बनावटी समवेदनाको स्वाङ बनाएर रुन्छन्
कति विश्वास अझै पनि नाटकीय स्वरको
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

बजारमा अनगिन्ती चोरहरू छन्
पुराना कहिरनका चोरहरू
नयाँ पहिरनका चोरहरू
चिनिएका चोरहरू
नचिनिएका चोरहरू
पातलो गेरुमा खिएका चोर साधुहरू
बाक्लो खरानीले पोतिएका साधु चोरहरू
सबै सबै तपाईंलाई नै खोजरहेछन्
भन्नुहोला यो त बोर भो
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x