सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चोर कविता

पातलो गेरुमा खिएका चोर साधुहरू बाक्लो खरानीले पोतिएका साधु चोरहरू सबै सबै तपाईंलाई नै खोजरहेछन् भन्नुहोला यो त बोर भो अरे यार ! गोजी तपाईंको हात चोरको ।

Nepal Telecom ad

अरे यार गोजी तपाईंको
हात चोरको

चोर आफ्नु कला देखाइरहे छ
तपाईं उसलाई धाप मारिरहनु भएको छ
पैसा झारिरहनु भएको छ
ऊ अमलेट बनाउँदैछ
तपाईं फुल पारिरहनु भएको छ
अरे यार गोजी तपाईंको
हात चोरको ।

तपाईं ढोका मात्रै उघार्नुहोस्
उदाङ्गो मात्रै पार्नुहोस्
ह्वारह्वार्ती चोरहरू तपाईंको मूल ढोकाबाटै पस्छन्
तपाईंसँगै टाँसिएर बस्छन्
तपाईंलाई लठ्ठ बनाउँदै
कुराले आकास पाताल कस्छन्

बिस्तारै तपाईंको गोजीतिर डस्छन्
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

तपाईंको आँखाभरि धूलो छ्यापेर
चोरहरू मन्दिरमा सेता परेवा उडाउँछन्
तपाईंको मस्तिष्कभरि आदर्श पोतेर
तपाईंको छातीमाथि चारचक्का गुडाउँछन्
अर्थशास्त्रको नबुझिने मन्त्र पढेर
तपाईंलाई स्वप्नलोकमा उडाउँछन्
फरुवाको प्रत्येक डोभमा रोपेको पसीना कुहिएर
प्रत्येक बर्ष
अभावको दुर्गन्ध मात्रै फल्छ
तर पनि चोरहरू तपाईंसँगै हुन्छन्
बनावटी समवेदनाको स्वाङ बनाएर रुन्छन्
कति विश्वास अझै पनि नाटकीय स्वरको
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

बजारमा अनगिन्ती चोरहरू छन्
पुराना कहिरनका चोरहरू
नयाँ पहिरनका चोरहरू
चिनिएका चोरहरू
नचिनिएका चोरहरू
पातलो गेरुमा खिएका चोर साधुहरू
बाक्लो खरानीले पोतिएका साधु चोरहरू
सबै सबै तपाईंलाई नै खोजरहेछन्
भन्नुहोला यो त बोर भो
अरे यार ! गोजी तपाईंको
हात चोरको ।

०००
गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’