साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नैतिकता कता छ ?

ढाँटेर जो काम सुटुक्क गर्छन् हल्लाउँदै हात मुसुक्क गर्छन् हेरेर बस्ने जनता यता छ खोज्ने छ को नैतिकता कता छ ?

Nepal Telecom ad

लुट्छन् र खान्छन् किन डम्म हुन्नन् ?
यी दुष्ट थुम्का किन सम्म हुन्नन् ?
यी भ्रष्टमा एक समानता छ
खोज्दैछु खै नैतिकता कता छ ?

सन्सारको माथ म नै छु भन्छन्
यो राष्ट्रको साथ सँगै छु भन्छन्
बोली सुनौलो त जता तता छ
देखिन्न खै नैतिकता कता छ ?

खोला बिनाका पुल बन्न थाले
शिक्षा बिनाका स्कुल चल्न थाले
गन्तव्य यात्रा बिच भिन्नता छ
भेटिन्न खै नैतिकता कता छ ?

आश्चर्य लाग्ने किन काम गर्छन्
आश्चर्य लाग्ने किन दाम चर्छन्
पीडा अनौठो ननिको व्यथा छ
आश्चर्य खै नैतिकता कता छ ?

ढाँटेर जो काम सुटुक्क गर्छन्
हल्लाउँदै हात मुसुक्क गर्छन्
हेरेर बस्ने जनता यता छ
खोज्ने छ को नैतिकता कता छ ?

सम्पन्नताको परिकल्पनामा
हाम्रो गयो जीवन बाध्यतामा
नेताहरूमा त प्रसन्नता छ
को छन् हुने नैतिकता कता छ ?

०००
मेचीनगर, झापा
हाल- बेलायत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x