चन्द्रमणि अधिकारीभ्रष्ट मास्ने सुनामी
फाँसी ठोक्ने जति जति बने भ्रष्ट सारा निकम्मा माटो पानी सरहद गुम्यो, राष्ट्रको यो अवस्था पारेका हुन् कपट शठले राष्ट्रको पूर्ण हानी आओस् चर्को अब लहरमा भ्रष्ट मास्ने सुनामी ।
चन्द्रमणि अधिकारी :
१.
हाँक्ने इच्छा मजबुत भयो पार्न साहित्य चोखो
पारेको हो अचम कविले शब्दको आज पोको
नेपालीको मन वचनको साधना दिव्य चर्को
आओस् पाओस् सुगम महिमा शान्तिको ओढ्न बर्को ।
२.
नेपाली हो घर घर उठी निस्क नेतृत्व घेर्न
इच्छा हो यो उचित कविको दासता जो नटेर्न
वैरी साम्ने यस मुलुकको नुर मान्दैन झुक्न
नेता बिक्ने फगत रुपियाँ साथ चाला छ चुक्न ।
३.
ढुङ्गा माटा पनि मुलुकका उठ्दछन् झारपात
भन्छन् घाती सब किसिमका खेद्न चाहिन्छ आँट
हावापानी पवन अहिले उठ्न थाले खिलाफ
जो जे गर्छन् नियत ननिको राष्ट्रको बर्खिलाफ ।
४.
नेपालीको तन मन उसै पार्दछन् आज दिक्क
गर्जून् निस्की युवक युवती हाँक्न नेपाल ठीक्क
आफ्नो अर्को अब सब जनता मान्न मान्दैन नेता
जस्ले गर्दा अविचल रहोस् फर्फरी राष्ट्र झण्डा ।
५.
फाँसी ठोक्ने जति जति बने भ्रष्ट सारा निकम्मा
माटो पानी सरहद गुम्यो, राष्ट्रको यो अवस्था
पारेका हुन् कपट शठले राष्ट्रको पूर्ण हानी
आओस् चर्को अब लहरमा भ्रष्ट मास्ने सुनामी ।
०००
२०८०/०२/२४, बिहान
तनहुँ, नेपाल ।
Subscribe
Login
0 Comments
Oldest






































